जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु

बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय माध्यमिक विद्यालय, बुटवलले हरेक वर्ष आयोजना गर्दै आएको प्रदेशस्तरीय हाजिरी जवाफ (क्विज) प्रतियोगिताको ३२ औँ संस्करण शुक्रबारदेखि सुरु भएको छ ।

प्रथम चरणको छनोट प्रतियोगिता बुटवल, पाल्पा र दाङ-तीनवटै केन्द्रमा एकै समय सञ्चालन गरिएको विद्यालयले जनाएको छ । यस वर्ष १४१ विद्यालयले सहभागिता जनाएका छन् । विद्यार्थीको बौद्धिक क्षमता विकास र विद्यालयहरूबीच आपसी सम्बन्ध मजबूत बनाउने उद्देश्यले विद्यालयले २०५० सालदेखि यो प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रम बुटवलस्थित न्यू होराइजन मा.वि.मा सम्पन्न भयो । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायको अध्यक्षता तथा शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियो । उद्घाटन गर्दै प्रमुख अतिथि बञ्जाडेले यस्ता प्रतियोगिताले विद्यार्थीको मुलभुत क्षमता र प्रतिस्पर्धात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले आगामी शिक्षण-सिकाइ प्रविधिमैत्री बन्नुपर्ने र शिक्षकहरूले एआई तथा च्याटजिपिटीजस्ता प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्ने हुनुपर्ने आवश्यकता औंल्याए ।

विद्यालयका प्राचार्य उपाध्यायले पाठ्यक्रमीय ज्ञानसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीन विकासमा विद्यालय प्रतिबद्ध रहेको बताए । विद्यालय अध्यक्ष ज्ञानेन्द्र कसजुले शैक्षिक गुणस्तरमा निरन्तरता दिँदै २०४६ सालदेखि न्यू होराइजनले उत्कृष्ट पहिचान बनाउँदै आएको उल्लेख गरे ।

कार्यक्रममा हिसान रुपन्देहीका उपाध्यक्ष मधुप्रकाश ज्ञवाली, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कार्यक्रमका मूल संयोजक मनोज सिलवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

शुक्रबार भएको हिट राउन्डबाट प्रत्येक केन्द्रबाट ६-६ विद्यालय, गरी १८ टोली सेमिफाइनलमा पुगेका छन् । तीनवटै केन्द्रका प्रथम र द्वितीय-जम्मा ६ टोलीबीच मंसिर १३ गते शनिबार न्यू होराइजन मा.वि. देवीनगरमा फाइनल प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

फाइनल प्रतियोगितामा प्रथम हुने टोलीले ४०,००० रुपैयाँ, दोस्रोले २५,000 रुपैयाँ, र तेस्रोले २०,000 रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । गत वर्षको संस्करणमा बुटवलको एभरेष्ट बोर्डिङ स्कूल प्रथम, दाङ तुलसीपुरको अमर बोर्डिङ स्कूल द्वितीय र पाल्पाको जनता मा.वि. तानसेन तृतीय भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित