जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन

बुटवल । यस क्षेत्रमा रगतको चरम अभाव भइरहेका बेला बुटवल हस्पिटल प्रा.लि.ले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व मधुमेह दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा अस्पताल परिसरमै १०१ युनिट रगत संकलन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनालले जानकारी दिए ।

वार्षिक कार्ययोजनाअनुसार वर्षमा दुई पटक रक्तदान कार्यक्रम गर्दै आएको बुटवल हस्पिटलले हाल रगत अभाव अत्यधिक भएको जानकारी पाएपछि आकस्मिक रुपमा यो कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बताए । एक पोका रगतले बिरामीको ज्यान बचाउन सकिने भएकाले रक्तदान अत्यन्तै महत्वपूर्ण सामाजिक कार्य भएको उनको भनाइ थियो ।

कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित प्रसाद खरेल, सचिव मोहन प्रसाद पाण्डे, मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, वरिष्ठ फिजिसियन डा. नन्दु प्रसाद पाठक, रक्तसञ्चार केन्द्रकी संयोजक राधा शर्मा, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान लगायतले रगतको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी, बिरामीका आफन्त तथा शुभेच्छुकहरूले उत्साहपूर्वक रक्तदानमा सहभागिता जनाएका थिए ।

आजभन्दा २५ वर्षअघि स्थापना भएको बुटवल हस्पिटल प्रा.लि.मा हाल करिब ३ सय कर्मचारी कार्यरत छन् । दक्ष जनशक्ति, अत्याधुनिक प्रविधियुक्त उपकरण तथा सुविधा सम्पन्न भौतिक संरचनाको संयोजनका कारण बिरामीहरूको उपचार सेवा प्रभावकारी र सहज बनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित