लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति

बुटवल । बुटवल-१० कालिका नगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको प्रथम त्रैमासिक नतिजा सार्वजनिक गर्दै उत्कृष्ट नतिजा ल्याउनेहरूलाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेको छ ।

सेक्टर-१ कालिकानगरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हो । साथै ९८ विद्यार्थीलाई करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे तथा विभिन्न संकायका इन्चार्जहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्ञवालीले विद्यार्थीले ल्याएको राम्रो नतिजालाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । उनले आगामी दिनमा विद्यालयले शत-प्रतिशत उत्कृष्ट नतिजा प्राप्त गर्न लक्ष्य राखेको बताए । प्रधानाध्यापक थापाले विद्यार्थीहरूलाई मेहनत र अनुशासनलाई निरन्तरता दिन प्रेरित गरे ।

विद्यालयका परीक्षा संयोजक युवराज कण्डेलका अनुसार जीपीए ३.५ वा बढी ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । साथै विभिन्न सेक्सन तथा संकायमा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

यसैबीच, सेक्टर-२ रामनगरमा अभिभावक सहभागितासहित कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरूको नतिजा समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा अभिभावकहरूले शैक्षिक सुधारका लागि विद्यालयले अघि बढाउनुपर्ने उपायहरूबारे सुझाव दिएका छन्, जसबारे इन्चार्ज कृष्ण गौतमले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित