जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध

बुटवल । रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि मनोनयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा धेरै उम्मेदारी परेको छ ।

निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यका अनुसार शुक्रबार दिउँसो २ बजेसम्मका लागि उम्मेदारी फिर्ता लिने समय रहेको छ । बिहीबार अध्यक्ष पदमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्ष पदमा जीवकान्त काफ्ले र हिरामणी भट्टराई, प्रथम उपाध्यक्ष पदमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्ष पदमा युवराज आचार्य, महासचिव पदमा सुमन बस्याल, कोषाध्यक्ष पदमा विशाल बेलवासे,सचिव पदमा अशोक कुँवर, सचिव महिलामा पदमा शारदा रेग्मी (भट्टराई), सहकोषाध्यक्ष पदमा राजु घिमिरेको उम्मेदारी परेको छ ।

त्यसैगरी सदस्य आजिवनको एक पदमा ई. किरण खरेल, सदस्य एशोसिएट पद १मा अखिलेश गुप्ता कशौधन, सदस्य संस्थागत पद १ मा तेजप्रसाद पराजुली, लिलाधर लुईटेल, सदस्य खुल्ला पद ६ मा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशिनाथ खनाल, मेघबहादुर घिमिरे, अनिश कुमार कशौधन, सुरेन्द्र चौधरी, माधव नेपाल, थानेश्वर पाण्डेको उम्मेदारी परेको छ ।

त्यसैगरी सदस्य महिला पद २ मा पार्वती गिरी र दिलु शाही, सदस्य बुटवल औद्योगिक क्षेत्र पद १ मा प्रज्जवल थान्जु,बुटवल उपमहानगरपालिका २ पदमा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य तिलोत्तमा र ओमसतिया पद २ मा घनश्याम पौडेल शर्मा र शतिस सापकोटा, सदस्य देवदह नगरपालिका रोहिणी गा.पा. पदमा चक्रपाणी तिवारी, सदस्य सैनामैना न.पा.,कन्चन र गैडहवा पद १ मा कृष्णप्रसाद पोखरेल, सदस्य शुद्धोधन र सियारी गा.पा. पद १ मा टंकनारायण आचार्यको उम्मेदारी परेको छ ।

सदस्य सिद्धार्थनगर न.पा र मायादेवी गा.पा. पद १ र सदस्य लुम्विनी सांस्कृतिक न.पा.,कोटहीमाई,समरीमाई र मर्चवारी पद १ मा कसैको उम्मेदारी परेको छैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित