पाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको छ ।
दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको केमिकल राखेका कारण तीन दिन अघि रातै बगेको भिडियो भाइरल भएको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जनाए ।
‘यो तीन दिन अघिको भिडियो हो, मुहानतिरै कसैले केमिकल राखेका कारण यस्तो भएको देखियो, मैले जिल्ला प्रशासन, खानेपानी सबैलाई खबर गरेको छु’ उनले भने ।
तिनाउ सामुुदायिक बन समन्वय समिति अध्यक्ष दलबहादुर गुरूङले यो केही दिनअघिको भिडियो भएको जनाए ।
यस्तो मिसावटले जलचरहरुलाई क्षति पुग्ने,बुटवलमा यही नदीको पानी पिउँदा मानिसको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने र सिंचाईमा प्रयोग गर्दा उत्पादकत्व क्षमता ह्रास भएर जाने उनले बताए । जो कोहीले गरेको भएपनि यस्तो गलत कार्य गर्नु बाञ्छनिय नरहेको उनको तर्क छ ।









