थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ ।
आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ ।
यसैगरी, सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर, चैतबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एशियाले उडान शुरू गर्न लागेको हो ।









