जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

तिहार विशेष मौसम बुलेटिन : पश्चिमी वायुको सामान्य प्रभाव रहने, पानी पर्ला ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।

शनिबार साँझ ६ बजे जारी बुलेटिनअनुसार तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेपनि पश्चिमी वायुको कारणले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा हुने देखिएको उल्लेख छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लक्ष्मी पूजाका दिन कार्तिक ३ गते देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कार्तिक ४ गते अर्थात् औंसीको दिन पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना छ।

गोवर्धन पूजाको दिन कार्तिक ५ गते भने पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।

भाइटीकाको दिन कार्तिक ६ गते कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

विभागले सम्भावित वर्षा र मौसम परिवर्तनबारे सतर्क रहन सुझाव समेत छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित