दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

भैरहवाबाट थाइल्याण्ड उडानको न्युनतम भाडादर १३ हजार ३६

थाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ । आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो ।

थाइल्याण्डको बैंककबाट भैरहवा उडान गर्नको लागि उडान गर्नको लागि एयर एशियाले गत असारमै अनुमती लिएर टिकट खुल्ला गरेको थियो । भैरहवाबाट थाइल्याण्ड उडानको लागि न्युनतम १३ हजार ३६ रुपैया भाडादर तोकिएको छ ।

कात्तिक ९ गते पहिलो दिनको टिकट दर १७ हजार ८५५ रुपैया रहेको छ । त्यसपछि कात्तिक १२, १६ र १९ गतेका उडानको लागि १३ हजार ३६ रुपैया निर्धारण गरिएको छ । यो एयर एशियाको वेवसाइटमा देखिएको भाडादर हो ।

जहाजको भाडादर परिवर्तन भइरहन्छ । कात्तिक २३ गते १५ हजार ३५ रुपैया देखिएको छ। त्यसपछिका उडानमा १३ हजार ३६ रुपैया नै रहेको छ । तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ ।

सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ । थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर चैत्रबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडान, यात्रुहरुको सहजता र सुरक्षाको लागि विमानस्थल प्रशासन तयार रहेको बताए । फेरि हुन लागेको भैरहवा–बैंकक उडानको निरन्तरताको लागि पर्यटन व्यवसायीहरुको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित