जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

ब्रिज एजुकेशन कन्सल्टेन्सीको १९ औं शाखा बुटवलमा

बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेशनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो ।

युके, अस्ट्रेलिया र क्यानडामा शाखा कार्यालय स्थापना गरी विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहजीकरण गर्दै आएको ब्रिज एजुकेशनले नेपालका प्रमुख शहरहरुमा समेत आफ्नो शाखा बिस्तार गरेको चिप अपरेटिङ अफिसर रुपेश थापाले बताए । आफूहरुले शैक्षिक परामर्शसँगै विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई त्यहाँ आइपर्ने समस्याहरुमा समेत सहजीकरण गर्दै आएको दाबी गरे । अधिकांश नेपाली विद्यार्थीहरु लहैलहै र साथीभाईको सिको गर्ने प्रचलनले नबुझी विदेश जाँदा दुःख पाउने गरेको बताउँदै उनले सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उल्लेख गरे । ब्रिज एजुकेशन बुटवल शाखाको उद्घाटन गर्दै वेस्टन मेघा कलेजका प्राचार्य कृष्ण शर्मा पौडेलले परामर्श केन्द्रले आर्थिक लाभको मात्रै माटो नहेरी सेवाको भावनाले समेत काम गर्न आग्रह गरे ।

ब्रिज एजुकेशनले युरोपका अधिकांश मुलुकहरु तथा विश्वका २५० बढी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । विद्यार्थीको माग र चाहना अनुसारनै बुटवलमा समेत शाखा सञ्चालनमा ल्याइएको बुटवल शाखाका सञ्चालक अमृत कार्कीले बताए । यसैगरी बुटवल शाखाकै सञ्चालक एलिना श्रेष्ठले परामर्श सेवाबाट भविष्यमा कुनै पनि विद्यार्थीले विदेशमा पुगेर दुःख पाउन नपरोस भन्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरिन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रही सन् २०१५ मा स्थापना भएको ब्रिज एजुकेशनले विदेशमा अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपाल फर्क अभियान समेत सञ्चालनमा ल्याएको छ । विशेमा प्राप्त गरेको सीप र ज्ञानलाई फर्केर मुलुकमै लगानी गर्नुपर्छ भन्ने जागण पैदा गर्नका लागि नेपाल फर्क अभियान पनि सञ्चालन गरिएको संस्थाको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित