कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

ब्रिज एजुकेशन कन्सल्टेन्सीको १९ औं शाखा बुटवलमा

बुटवल । विगत एक दशक लामो समयदेखि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आएको ब्रिज एजुकेश कन्सल्टेन्सीले बुटवलमा शाखा बिस्तार गरेको छ । विदेशमा ४ तथा नेपालमा १३ गरी १९ वटा शाखा सञ्चालन गरिरहेको ब्रिज एजुकेशनले बुटवलमा १९ औँ शाखा बिस्तार गरेको हो ।

युके, अस्ट्रेलिया र क्यानडामा शाखा कार्यालय स्थापना गरी विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श र सहजीकरण गर्दै आएको ब्रिज एजुकेशनले नेपालका प्रमुख शहरहरुमा समेत आफ्नो शाखा बिस्तार गरेको चिप अपरेटिङ अफिसर रुपेश थापाले बताए । आफूहरुले शैक्षिक परामर्शसँगै विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई त्यहाँ आइपर्ने समस्याहरुमा समेत सहजीकरण गर्दै आएको दाबी गरे । अधिकांश नेपाली विद्यार्थीहरु लहैलहै र साथीभाईको सिको गर्ने प्रचलनले नबुझी विदेश जाँदा दुःख पाउने गरेको बताउँदै उनले सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उल्लेख गरे । ब्रिज एजुकेशन बुटवल शाखाको उद्घाटन गर्दै वेस्टन मेघा कलेजका प्राचार्य कृष्ण शर्मा पौडेलले परामर्श केन्द्रले आर्थिक लाभको मात्रै माटो नहेरी सेवाको भावनाले समेत काम गर्न आग्रह गरे ।

ब्रिज एजुकेशनले युरोपका अधिकांश मुलुकहरु तथा विश्वका २५० बढी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । विद्यार्थीको माग र चाहना अनुसारनै बुटवलमा समेत शाखा सञ्चालनमा ल्याइएको बुटवल शाखाका सञ्चालक अमृत कार्कीले बताए । यसैगरी बुटवल शाखाकै सञ्चालक एलिना श्रेष्ठले परामर्श सेवाबाट भविष्यमा कुनै पनि विद्यार्थीले विदेशमा पुगेर दुःख पाउन नपरोस भन्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरिन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रही सन् २०१५ मा स्थापना भएको ब्रिज एजुकेशनले विदेशमा अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपाल फर्क अभियान समेत सञ्चालनमा ल्याएको छ । विशेमा प्राप्त गरेको सीप र ज्ञानलाई फर्केर मुलुकमै लगानी गर्नुपर्छ भन्ने जागण पैदा गर्नका लागि नेपाल फर्क अभियान पनि सञ्चालन गरिएको संस्थाको दाबी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित