निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलमा प्रोटन इमासको नयाँ सोरुम

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ(मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु गरेको हो ।

नेपालमा अग्रणी ईभी ब्रान्ड प्रोटन ई(मासको विक्रि वितरणकालागि बुटवलको बालाजी अटोमोवाईल्स प्रालिमा नयाँ सोरुमको उद्घाटन गरिएको हो । प्रालिले प्रोटनको सेवा सुरु गरेको अवसरमा बुटवलबाट १५ वटा प्रोटन इमास गाडि ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । बालाजी अटोमोवाईल्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर विशाल जैसवालले दशैंअघि १० युनिट र पछि थप ५ युनिट गरि १५ वटा प्रोटन इमास वितरण गरिएको जानकारी दिए । ग्राहकहरूको बढ्दो विश्वास र उत्साहका आधारमा प्रोटनका गाडि विक्रि वितरण भएको उनले जानकारी दिए ।

उनले आरामदायी र सुरक्षित यात्रा, गाडी भित्र बस्न राम्रो स्पेश, सानदार ड्राइभिङ जस्ता कारणले प्रोटन इमास सेभेन ग्राहकको रोजाइमा परेको बताए । एक पटकको फुल चार्जमा चार सयबढी किलोमिटर कुद्ने उल्लेख गर्दै अनरोड अफरोड दुबैमा आरामदायी यात्रा हुने म्यानेजिङ्ग डाइरेक्टर जैसवालले जानकारी दिए । मंगलबार प्रोटन ईमास शोरुमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ग्राहकको चाहना र रोजाईका आधारमा प्रोटन इमासको विक्रि वितरण भएको बताए । उनले आरामदायी र सुरक्षित यात्राकालागि प्रोटन ब्राण्ड आफैमा उत्कृष्ट ब्राण्ड भएको उल्लेख गर्दै गाडीका पाट्स र सर्भिसिङलाई ध्यान दिन सुझाव दिए ।

नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल भित्याएको हो । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको रहेको जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल क्षेत्रीले जानकारी दिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउने उनले बताए । यस शोरुमको व्यवस्थापन बालाजी अटोमोबाइल्स प्रालिले गर्ने उनले बताए ।

विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । बालाजी अटोमोवाइल्सका अध्यक्ष महेशप्रसाद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चद्रप्रकाश श्रेष्ठले व्यावसायीक सफलताको शुभकामना दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित