जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवलमा प्रोटन इमासको नयाँ सोरुम

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ(मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु गरेको हो ।

नेपालमा अग्रणी ईभी ब्रान्ड प्रोटन ई(मासको विक्रि वितरणकालागि बुटवलको बालाजी अटोमोवाईल्स प्रालिमा नयाँ सोरुमको उद्घाटन गरिएको हो । प्रालिले प्रोटनको सेवा सुरु गरेको अवसरमा बुटवलबाट १५ वटा प्रोटन इमास गाडि ग्राहकलाई हस्तान्तरण गरेको जनाएको छ । बालाजी अटोमोवाईल्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर विशाल जैसवालले दशैंअघि १० युनिट र पछि थप ५ युनिट गरि १५ वटा प्रोटन इमास वितरण गरिएको जानकारी दिए । ग्राहकहरूको बढ्दो विश्वास र उत्साहका आधारमा प्रोटनका गाडि विक्रि वितरण भएको उनले जानकारी दिए ।

उनले आरामदायी र सुरक्षित यात्रा, गाडी भित्र बस्न राम्रो स्पेश, सानदार ड्राइभिङ जस्ता कारणले प्रोटन इमास सेभेन ग्राहकको रोजाइमा परेको बताए । एक पटकको फुल चार्जमा चार सयबढी किलोमिटर कुद्ने उल्लेख गर्दै अनरोड अफरोड दुबैमा आरामदायी यात्रा हुने म्यानेजिङ्ग डाइरेक्टर जैसवालले जानकारी दिए । मंगलबार प्रोटन ईमास शोरुमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले ग्राहकको चाहना र रोजाईका आधारमा प्रोटन इमासको विक्रि वितरण भएको बताए । उनले आरामदायी र सुरक्षित यात्राकालागि प्रोटन ब्राण्ड आफैमा उत्कृष्ट ब्राण्ड भएको उल्लेख गर्दै गाडीका पाट्स र सर्भिसिङलाई ध्यान दिन सुझाव दिए ।

नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाल भित्याएको हो । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको रहेको जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल क्षेत्रीले जानकारी दिए । नयाँ थ्रीएस शोरुममा विश्वस्तरीय सेवा, बिक्री सहयोग र ग्राहक सेवा सुनिश्चित गर्दै बुटवलका प्रोटन इमासका ग्राहकहरूले उच्चस्तरीय विद्युतीय सवारी अनुभव गर्न पाउने उनले बताए । यस शोरुमको व्यवस्थापन बालाजी अटोमोबाइल्स प्रालिले गर्ने उनले बताए ।

विद्युतीय गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने कम्पनीको दाबी छ । बालाजी अटोमोवाइल्सका अध्यक्ष महेशप्रसाद जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चद्रप्रकाश श्रेष्ठले व्यावसायीक सफलताको शुभकामना दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित