लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

लुम्बिनी नेत्रालयको नयाँ शाखा बुटवलको पुष्पलाल पार्कमा संचालन

बुटवल । दुई दशकदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलमा शाखा विस्तार गरेको छ । बुटवलको पुष्पलाल पार्कमा नयाँ शाखा संचालनमा आएको हो ।

शाखा विस्तारको अवसरमा एक सातासम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको म्यानेजिङ डाइरेक्टर हिरा श्रेष्ठले जानकारी दिए । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले नेत्रालयले विशिष्टकृत र आधुनिक सेवा दिनका लागि सेवा विस्तार गरिएको बताए । उनका अनुसार स्थापना पछिल्ला २० वर्षमा लाखौँ बिरामीले सेवा लिइसकेका छन् । उनले उपचारका लागि हरेक वर्ष ६०५ भारतीय नागरिक समेत नेपाल आउने गरेको तथ्यांक प्रस्तुत गरे ।

श्रेष्ठले आगामी दिनमा कपिलवस्तुको कृष्णनगर, लुम्बिनी र सुनौली गेटमा पनि शाखा विस्तार गर्ने योजना रहेको बताए । सो अवसरमा चिफ मेडिकल डाइरेक्टर डा. सन्तोष सुवेदीले नेत्रालयले अत्याधुनिक प्रविधि र मेसिन प्रयोग गरी सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै बुटवलमा शाखा विस्तारपछि लुम्बिनी प्रदेशका नागरिकलाई अझ सहज र प्रभावकारी उपचार पाउने बताए ।

त्यसैगरी डेपुटी डाइरेक्टर अनिल शेरचनले नेत्रालयको सेवाप्रति सबैको सकारात्मक प्रतिक्रिया आएको बताउँदै अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नानी रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने भएकाले समयमै जाँच आवश्यक रहेको बताए ।

करिब ३ करोड लगानीमा निर्माण गरिएको बुटवल शाखामा आरओपी, रेटिना उपचार, र विशेषज्ञ चिकित्सकहरूको सेवा उपलब्ध छ । शाखामा हाल ६५ जना कर्मचारी कार्यरत छन् ।

शुभारम्भ अवसरमा जाँच शुल्कमा छुटका साथै रेटिना जाँच बिहीबार, नानी प्रत्यारोपण शुक्रबार र जलबिन्दु परीक्षण शनिबार (कार्तिक १ गते) गरिने जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित