जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

आकाशमा बादल मडारिन नछोड्दा धान काट्न किसानहरु अलमल

बुटवल । असोज तेश्रो साता बितिसक्दा पनि आकाशमा बादल मडारिन नछोड्दा किसानहरुले धान काट्न सकेका छैनन् ।

रुपन्देहीको सियारी भैंसाखादरकी सुवेरी थारुले दशैं मनाएर धान काट्ने तयारी गरेका थिए । सात कट्ठा खेतमा धान राेपेकी थारुले दशैं सकिएको एकसाता पुग्दा पनि धान काट्न सकेकी छैनन । पानी नपरेपनि आकाशबाट अझै बादल नहटेकोले ढुक्क भएर धान काट्न नसकिएको थारुले बताइन ।

असोज १७ गतेदेखि बागमतीदेखि पुर्वका जिल्लाहरुमा परेको भारी वर्षा अझै जारी रहेको छ । पश्चिम क्षेत्रमा फाट्टफुट्ट मात्र वर्षा भएपनि आकाशमा बादल नहट्दा खेतमा धान पाकिसकेपनि काट्नको लागि किसानहरु ढुक्क हुन सकेका छैनन् । मौसम वीद्हरुले मौसम पुरै सफा नहुंदासम्म धान नकाट्न सुझाउंदै आएका छन् । बादल लागेर आकाश धुम्म भइरहेपछि धान पाकेर खेतमा पहेंलै भएपनि काट्न नसकिएको सियारीको भगदरीका नारदमुनी यादवले बताए ।

गतवर्ष दशैं सकिएको पर्सिपल्टदेखि धान काट्न सुरु गरेका महेश यादवले पनि अहिले धान पाकिसकेपनि अझै काट्न सुरु नगरेको बताए । ढिलो गरि सक्रिय बनेको मनसुनले पुर्वी तराई डुबानमा पारेको दृश्यले पश्चिमका किसानपनि सशंकित बनेका छन् ।
अहिले रुपन्देहीको तिलोेत्तमा, सियारी, मायादेवी, सुद्धोधन, देवदह, रोहिणी लगायत असारको पहिलो सातामै रोपेको धान पाकेर खेतमा पहेंलै बनेको छ । असारको अन्तिम र साउनमा रोपेको धान अझै काटिहाल्ने नभएपनि असारको सुरुमै रोपेको धान पाकेर यतिबेला खेतका फांटहरु पहेंलपुर देखिएका छन् ।

धान बाली बेलैमा भित्रयाएर हिउंदे बाली तोरी, मसुरो छर्ने र आलु, बन्दा, काउली, टमाटर लगायत तरकारी लगाउने किसानको योजना हुन्छ । यसवर्ष भने असोज तेश्रो साता बितिसक्दा पनि किसानहरु धान काट्ने नकाट्ने दोधारमा छन् । मायादेवीकी शान्ति थरुनीले पानी पर्छ कि भन्ने डरले पाकेको धान पनि काट्न नसकिएको बताए ।

रुपन्देही मात्र होईन पानी पर्न सक्ने डरले नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा पनि किसानहरुले धान काट्न सकेका छैनन् । विगतमा मौसमलाई वेवास्ता गर्दा काटेको धानमा ठूलो नोक्सानी भएकोले यसपटक भने कृषि विज्ञहरुले पनि मौसमको अवस्था हेरेर मात्र धान काट्न सुझाव दिंदै आएका छन् ।

कृषि विकास निर्देशनालय लुम्बिनीका निमित्त महानिर्देशक रामप्रसाद पाण्डेले जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने क्रममा रहेकोले एकदुई दिन मौसमको अवस्था हेरेर मात्र धान काट्न किसानहरुलाई सुझाव दिए ।
पाण्डेले नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका खेतहरुमा आफैले अनुगमन गरेको र धान पाकेपनि केहि दिन नकाट्दैमा बिग्रिहाल्ने अवस्था नभएकोले मौसम खुला नहुंदा सम्म नहतारिन आग्रह गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित