लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

भैरहवामा अलपत्र यात्रुलाई काठमाडौं ल्याउन नेपाल एअरलाइन्सको चार्टर्ड फ्लाइट आज

अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत काठमाडौं लगिने भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार नेपाल एयरलाइन्सको १५८ सिटे जहाज राति ९ बजे भैरहवाबाट काठमाडौंका लागि उड्ने छ।​

प्रजिअ पाण्डेले भने, ‘अविरल वर्षाका कारण धेरै यात्रुहरू अलपत्र परिरहेका छन्, एक हजार यात्रु अहिले पनि हिजोदेखि भैरहवाको गल्लामन्डीस्थित हनुमान मन्दिरमा छन् ।’

त्यस्तै संख्यामा अरू यात्रु बेलहिया, बुटवलमा रहेका उनले जानकारी दिए । ‘सडक सुचारु छैन, एयरलाइन्समा टिकट पाउन मुश्किल छ, यसैले हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलाइन्सको चार्टर फ्लाइटमार्फत उद्धार थालेका हौं,’ उनले भने ।​

विपद्‌को समयमा जनतालाई सेवा दिनेगरी नेपाल एयरलाइन्सले भैरहवा-काठमाडौं चार्टर उडान गर्ने भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित