दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवलको बागमतीको शोरुमबाट अव सुजुकीको जिग्गर र जुम्याभको डर्ट बाईक बिक्री शुभारम्भ

बुटवल । विगत चार दशकदेखी दुई पाग्रे सवारी र पार्ट बिक्री वितरण गर्दै आएको बुटवलको बागमती मोटरसाइकल सेन्टरले सुजुकी र जुम्याभ दुई कम्पनीका नया बाइक बिक्री शुरु गरेको छ । मंगलबार महाअष्टमी पारेर कालिकानगरमा दुई वटा शोरुमको विधिवत उद्घाटन गरिएको छ ।

शेरुमको एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले बागमती शेरुमले यस क्षेत्रमा नै दुई पाग्रे सवारी र पार्टको बिक्रीवितरण गरेर आम उपभोक्ताको मन जितेको बताए । बागमती विगत लामोसमयदेखि मोटरसाईकल बिक्रि गर्दै आएको आफुलाई स्मरण रहेको उल्लेख गर्दै उनले समयसापेक्ष र प्रविधिमैत्री सवारी भित्राउदै बिक्रीपछिको सेवा दिँदा आम उपभोक्ताको मन जित्न सफल भएको उनले बताए ।

कार्यक्रममा बागमतीका संचालक चिरञ्जीवी श्रेष्ठले क्रस फायरको बाईक र ईलेक्ट्रिक ग्यारो गरि दुई वटा कम्पनीको सवारी विक्रीवितरण गर्दै आएकोमा मंगलबारदेखी दुई नया थप कम्पनीको सवारी बिक्रीवितरण शुरु गरिएको जानकारी दिए । विश्वबजारमा नै जापानिज कम्पनी सुजुकीका उत्पादनमा उपभोक्ताको आर्कषण रहेको भन्दै यसको स्कुटी र मोटरसाईकल सो स्थानमा उपलब्ध हुने उनले जनाए । ‘चार वटा कम्पनीका दुई पाग्रे सवारी बिक्रिवितरण शुरु गरेका छौ ।’– उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित