लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

नवदुर्गाको दोस्रो रूप : ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका दशैंघर तथा पूजा कोठामा नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विशेष पूजा-आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा शुरू भएको थियो। पहिलो दिन शैलपुत्री देवीको पूजा-आराधना गरिएको थियो भने आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।

नवरात्रभरि दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत जस्ता ग्रन्थ पाठ गर्ने चलन छ। देवीको पूजा-आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष भक्तिभावका साथ दुर्गा देवीको आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ।

‘ब्रह्म’ अर्थात् तपस्या र ‘चारिणी’ अर्थात् आचरण गर्ने देवी भएकाले उनलाई ‘ब्रह्मचारिणी’ भनिएको हो। उनी ज्ञान र तपस्याकी प्रतिमूर्ति मानिन्छिन्।

धार्मिक मान्यताअनुसार, ब्रह्मचारिणी देवीले सच्चिदानन्द स्वरूप ब्रह्मको ज्ञान गराउँछिन्। उनको एक हातमा जपको माला (अक्षमाला) र अर्को हातमा कमण्डलु हुन्छ।

नवरात्र शुरू भएसँगै देशभरका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लाग्न थालेको छ। मन्दिरहरूमा विशेष चहलपहल देखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित