कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नवदुर्गाको दोस्रो रूप : ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै

आश्विन शुक्ल द्वितीया अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका दशैंघर तथा पूजा कोठामा नवदुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विशेष पूजा-आराधना गरिँदैछ।

नवरात्रको पहिलो दिन सोमबार विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै नवदुर्गाको पूजा शुरू भएको थियो। पहिलो दिन शैलपुत्री देवीको पूजा-आराधना गरिएको थियो भने आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।

नवरात्रभरि दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत जस्ता ग्रन्थ पाठ गर्ने चलन छ। देवीको पूजा-आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यही विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष भक्तिभावका साथ दुर्गा देवीको आराधना गर्छन्। नौ दिनसम्म पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गरिन्छ।

‘ब्रह्म’ अर्थात् तपस्या र ‘चारिणी’ अर्थात् आचरण गर्ने देवी भएकाले उनलाई ‘ब्रह्मचारिणी’ भनिएको हो। उनी ज्ञान र तपस्याकी प्रतिमूर्ति मानिन्छिन्।

धार्मिक मान्यताअनुसार, ब्रह्मचारिणी देवीले सच्चिदानन्द स्वरूप ब्रह्मको ज्ञान गराउँछिन्। उनको एक हातमा जपको माला (अक्षमाला) र अर्को हातमा कमण्डलु हुन्छ।

नवरात्र शुरू भएसँगै देशभरका शक्तिपीठहरूमा दर्शनार्थीहरूको भीड लाग्न थालेको छ। मन्दिरहरूमा विशेष चहलपहल देखिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित