३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बजाज बाइक खरिदमा रुपन्देहीकी देवीमाया अधिकारीलाई ५० हजार नगद पुरस्कार

बुटवल । दशैँ अफरअन्तर्गत बजाज बाइक खरिद गर्दा रुपन्देहीको देवदह नगरपालिका-१० की देवीमाया अधिकारी ५० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भएकी छन् । उनले बुटवल कालिकानगरस्थित श्री भैरव अटोमोबाइल्स प्रालिबाट बजाज पल्सर १५० सिंगल डिस्क खरिद गर्दा लुम्बिनी प्रदेशकै भाग्यशाली ग्राहक बनेकी हुन् ।

सोमबार आयोजित विशेष समारोहमा श्री भैरव अटोमोबाइल्स प्रालिका म्यानेजिङ डाइरेक्टर कृष्णबहादुर खड्काले अधिकारीलाई नगद हस्तान्तरण गरे । नेपालमा बजाज मोटरसाइकलका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले यस वर्ष दशैँ-तिहारलाई लक्षित गर्दै “बजाज प्रिमियर लिग (मनाऔं जितको उत्सव)” अफर सार्वजनिक गरेको हो ।

यसपटक कम्पनीले परम्परागत स्क्र्याच कार्ड प्रणाली हटाएर ग्राहकलाई अनलाइन इन्टरएक्टिभ क्रिकेट गेममार्फत पुरस्कार वितरण गर्ने व्यवस्था गरेको छ । हरेक हप्ताको शीर्ष स्कोररलाई १ लाख रुपैयाँसम्म पुरस्कार दिइनेछ भने न्यूनतम ७ हजार रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरिएको छ । साथै, एक भाग्यशाली ग्राहकले आफ्नो मनपर्ने क्रिकेटरलाई प्रत्यक्ष भेट्ने अवसर समेत पाउनेछन् ।

यस्तै, असोज ५ देखि १० गतेसम्म कम्पनीले देशव्यापी “नेशनल फ्रि चेकअप क्याम्प” सञ्चालन गरिरहेको छ । जसअन्तर्गत ५० प्रतिशत लेबर चार्ज, १६ प्रतिशत इन्जिन आयल, १० प्रतिशत स्पेयर पार्ट र १० प्रतिशत युरो ग्रिप टायरमा छुटको व्यवस्था गरिएको छ ।

रुपन्देही क्षेत्रमा बिक्री वितरण गर्दै आएको श्री भैरव अटोमोबाइल्स प्रालिमा हाल करिब दुई दर्जन कर्मचारी तथा टेक्निसियन कार्यरत छन् । कम्पनीले हाल एफआई र एबिएससहित १५ भेरियन्टका मोटरसाइकल बजारमा उपलब्ध गराएको जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित