लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

अरब र बंगालको खाडीबाट भित्रियो जलवाष्पयुक्त वायु, यी ठाउँमा हुनेछ भारीदे‍खि धेरै भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थान (भारत) आसपास अवस्थित रहेको छ।

तर अरब सागर तथा बंगालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेकाले देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

यी स्थानमा भयो भारी वर्षा
पछिल्लो १२ घन्टामा देशका भिन्नि स्थानमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाल्पाको कुमालगाउँ केन्द्रमा पछिल्लो १२ घन्टामा १६४.८ मिलिमिटर वर्षा भएको छ। कपिलवस्तुको वाणगंगामा १५२.२, नवलपरासीको देउरालीमा १४२.६, स्याङ्जाको चापाकोटमा १३६.८, पाल्पाको गण्डाकोटमा १३५.२, रूपन्देहीको तिलोत्तमामा १२२.२, पर्वतका पन्चासेमा १२१.८, पाल्पाको अर्चलेमा १२५.६ मिलिमिटर वर्षा भएको छ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ। सोमबार बिहान दाङका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित