दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रूपन्देहीमा तीन दिनपछि हट्यो निषेधाज्ञा र कर्फ्यू

रूपन्देहीमा विगत तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटेको छ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार मंगलबार बिहान साढे ९ बजेदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू शुक्रबारदेखि हटेको हो।

‘केही दिनदेखि जारी अस्थिर अवस्था अहिले सामान्य बन्न थालेको छ, अहिलेको लागि निषेधाज्ञा र कर्फ्यू दुवै हटाइएको छ, केही समयमा जिल्ला सुरक्षा समितिको बैठक बस्दै छौं, त्यसपछिको अवस्थालाई हेरेर के गर्ने भन्ने विषयमा छलफलपछि निर्णय गर्ने छौं,’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भने।

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार शुक्रबार बिहानसम्म लागू गरिएको कर्फ्यू र निषेधाज्ञा हटाएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। निषेधाज्ञा र कर्फ्यू हटेसँगै सडकमा छिटपुट सवारी साधन गुड्न र पसलहरू खुल्न थालेका छन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित