निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

लुम्बिनी प्रदेश निजामती सेवा दिवस–२०८२ को पूर्वसन्ध्यामा दाङस्थित प्रदेश राजधानी प्रशासनिक परिसरभित्र वृक्षारोपण गरिएको छ। निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको परिसरलाई हरियालीमय र आकर्षक बनाउन सौन्दर्यपरक तथा अन्य महत्त्वपूर्ण प्रजातिका बिरुवा रोपिएका हुन्।
कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले राजधानी प्रशासनिक क्षेत्रलाई हरियाली बनाउन वृक्षारोपणले दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले लगाइएका बिरुवाको संरक्षण र हेरचाहमा जोड दिँदै भने, “निजामती सेवा दिवसमा वृक्षारोपणमा सहभागी हुन पाउँदा खुशी लागेको छ। वातावरणीय सन्तुलन, अक्सिजन उत्पादन र शीतलता प्रदान गर्न बोटबिरुवाको भूमिका अतुलनीय छ।”
प्रदेश प्रमुख सचिव बावुराम अधिकारीले पनि वृक्षारोपणलाई दीर्घकालीन महत्व भएको कार्य भन्दै संरक्षणमा सबैको सरोकार रहने बताए। “वृक्षारोपण आफैंमा पवित्र काम हो। रोपिएका बिरुवाले भविष्यमा फलफूल, फूल, शीतलता मात्र होइन, चराचुरुङ्गीलाई वासस्थान पनि दिन्छन्,” उनले भने।
कार्यक्रमको संयोजन वन तथा वातावरण मन्त्रालयले गरेको थियो। मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार परिसरमा सौन्दर्यपरक कल्की, पारिजात, राजवृक्ष, गुलमोहरसहित फलफूल प्रजातिका आँप, अम्बा, अमला र अन्य महत्त्वपूर्ण रक्तचन्दन, सतिसाललगायतका बिरुवा रोपिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित