जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह

बुटवल । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् ।

बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् ।

क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा प्राःय बिस्तारामा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।

धेरै बर्षअघि टाउकोको पछाडी बाँयापट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि बिभिन्न अस्पतालहरु पुगेको उनले बताईन् ।

ट्यूमरका कारण गम्भिर बिरामी भै बोल्न समेत कठिनाई हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै संचारकर्मी समक्ष सहयोगको अपिल गरेकी छन् । सबै मिडिया र सामाजिक संजालमार्फत प्रचार प्रसार गरि सहयोग जुटाईदिन र जिवन बचाईदिन उनले आग्रह गरेकी छन् ।

दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउदै आएकी ५२ बर्षिया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भैसकेको बताईन् । महिनामा २ पटकसम्म लगातार ३ बर्ष किमो चढाएको उल्लेख गर्दै उनका श्रीमान भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ती सकिएको र चिकित्सकहरुका अनुसार अझै ५ देखी ६ लाखसम्म लाग्ने बताए ।

किमो चढाउदा प्रत्येक पटक ५० हजारसम्म खर्चहुने गरेको बताउदै उनले श्रीमतीको उपचारका क्रममा जिवनभर दुःख गरेर जोडेको २ कठ्ठा १७ जग्गासमेत गुमाउनु परेको बताए ।

हुनत बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगाएतका बिभिन्न निकाय र तहमा सहयोगको लागि धाँउदा केहि रकम उपलब्ध नभएको हैन तर आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाँउन समेत कठिनाई भएको दर्जी बताउछन् ।

सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदाय समक्ष सहयोगको अपिल गर्दै राष्ट्रिय बाणिज्य बैंक बुटवल शाखामा खाता खोलेको उनले जानकारी गराए । उनका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित