राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ? रूपन्देही-३ उपनिर्वाचनः एकीकृत समाजवादीबाट उम्मेदवारका लागि सातजना सिफारिस सर्पको उद्धार गरी संरक्षणमा लागेको पाण्डे परिवार                
समाचार :

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ ।

मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले आटोको ब्राण्डिङमा सहयोग गरेको छ ।

साविकको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म करिब ९० लाख खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताए ।

साना किसान सहकारीले स्थानीय किसानहरूको मकै प्रति पाथी २०० रुपैयाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर शनिवारदेखि औपचारिक रूपमा बजारमा पठाइएको छ । अहिले मकैको आटोलाई प्रतिकिलो १ सय ३० रुपैयाँ पर्ने प्याकेट बजारमा ल्याएको छ ।

त्यसै गरी साना किसानले २५ किलोको बोरामा प्याकिङ गरेर आटो बजारमा ल्याएको हो । यसैपटक सहकारीमार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौंसम्म कम्तीमा ३५ टन जति आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताए ।

मध्य पहाडी क्षेत्रमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वास्थ्य र स्वादको हिसाबले राम्रो, मिठो र स्वादिलो हुने भएकाले पहिलो चरणमा मकैको आटो र पिठोलाई सहकारीमार्फत बजारमा पठाइएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मकैको प्रशोधन गर्ने उपकरण, लेवलिङ्ग, र प्याकेजिङ्गमा आफूहरूले ८५% अनुदानमा सहयोग उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले बताए ।

आटो बजारीकरण कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा मिहिनेत गरे केही हुन्छ, भन्ने साना किसान सहकारीले राम्रो उदाहरण प्रस्तुत गरेको बताए । उनले मुसिकोटे आटोलाई बजारीकरण गर्नका लागि नगरबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गुल्मीका मध्य पहाडी भेगमा उत्पादित मकै, मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै, स्वास्थ्य र स्वादको हिसाबले उच्च गुणस्तरीय मानिन्छ । यसले स्थानीय कृषकको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा सहकारीले लिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीले कृषि विकासको क्षेत्रलाई आधुनिक बनाउनका लागि विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ ।

गुल्मी जिल्लामा स्थानीय मकैको आटो ब्राण्डिङ्ग र यसको बजारमा आपूर्ति गर्ने प्रयासले कृषकहरूको जीवनस्तरलाई पनि सुधार्ने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका जैसवालले बताए ।

स्वास्थ्य र स्वादको हिसाबले एकदमै राम्रो मानिने मध्य पहाडी भेगमा उत्पादित मकैको आटो प्रयोग गर्न र स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सहकारीले आग्रह गरेको छ ।

जिल्लामा २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । कुल मकै हुने क्षेत्रफलको ११.२३ प्रतिशत क्षेत्रफलमा हाईब्रिड मकै लगाइदै आएको छ ।

जिल्लामा मकै खेती विस्तार गर्न मकै जोन बिस्तार गरिएको छ । जसबाट मकै उत्पादन, बीउ उत्पादनलगायतका विभिन्न सेक्टरमा सहयोगसमेत हुँदै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित