निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले भूमिहिन दलीत, सुकुम्बासी तथा अव्यवस्थित घर–परिवारलाई जग्गाधनी पूर्जा वितरणको प्रक्रियालाई तिब्रता दिएको छ । यसैबीच गाउँपालिकाले वडा नम्बर १ देखि अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरेको छ ।

लामो समयदेखि जोतभोग गर्दै आएका जग्गाको पूर्जा वितरणको प्रक्रिया अन्तरगत निस्सा वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले यसअघि नै भूमिहिन दलित तथा सुकुम्बासीहरुलाई निस्सा वितरण गर्ने काम सम्पन्न गरिसकेको छ । यसैगरी छुटफुट भएका घर परिवारहरुलाई आवश्यक काजजातसहित निवेदन दर्ताका लागि ३५ दिने सूचना निकालेर संकलन गर्ने काम भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका उल्लेख गरिएको विवरण अनुसार १ हजार ४ सय घर परिवारले भूमिहिन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको रुपमा निवेदन दर्ता गराएको छन् । नेपाल सरकारको नियम अनुसार प्रक्रियामा आएका निवेदनलाई सम्बोधन गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । नेपाल भित्र परिवारका कुनै पनि सदस्यका नाममा जग्गा जमिन, नगद तथा जग्गा बाहेक अचल सम्पत्ति भए पनि सो प्रकृयामा सामाबेश नहुने उनले स्पष्ट पारे ।

तिनाउ गाउँपालिका उपाध्यक्ष लालाबहादुर थापाले नेपाल सरकारको कानुन भन्दा फरक मापदण्ड जान नसकिने बताउँदै आवश्यक कागजातहरु निवेदनमा पेस गर्न आग्रह गरे । पालिकामा निस्सा वितरण एउटा खुट्किलो मात्र भएको बताउँदै उनले बाँकी प्रक्रियामा आवश्यक कागजात पेश गर्ने लाई पूर्जा वितरण गर्न सकिने बताए । सरकारले बनाएको मापदण्ड सबैले अनुसरण गर्न समेत उनले सुझाए ।

तिनाउ गाउँपालिकामा हालसम्म २८ जना भूमिहिन दलीत रहेका छन् भने भूमिहिन सुकुम्बासीको संख्या १७६ र अव्यवस्थित बसोबासीको सङ्ख्या १ हजार ४ सय रहेको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । सारुले प्रशासनिक कामहरुमा समस्या भएमा पालिका तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित