लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

शिक्षा विधेयक सच्चाउन माग गर्दै सडकमा स्कुल बस र्याली

विद्यालय शिक्षा विधेयकको विरोध गर्दै निजी विद्यालय संचालकहरुले सोमबार देशैभरी सडकमा कालो झण्डा सहित स्कुल बसको र्याली निकालेर विरोध जनाएका छन् ।

उनीहरुले विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै विगत एक महिना देखि आन्दोलनमा छन् ।

आन्दोलनकै कार्यक्रम अन्तरगत सोमबार उनीहरुले देशैभरीका सडकमा स्कुल बस ¥याली निकालेर बिरोध प्रदर्शन गरेका हुन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएलगायतका निजी शैक्षिक संस्थाका संगठनहरुले संयुक्त रुपमा ¥याली निकालेका हुन् ।

सोही कार्यक्रम अन्तरगत रुपन्देहीका विभिन्न स्थानमा निजी विद्यालय संचालकहरुले सडकमा बस र बसमा कालो झण्डा राखेर सरकारको विरोध प्रदर्शन गरेका थिए । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिदै आइ रहेका छन् ।

आफ्ना माग पुरा नभए विभिन्न समयमा विभिन्न खाले आन्दोलन र संघर्षका कार्यक्रम जारी राख्ने आन्दोलन परिचालन समिति रुपन्देहीका सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेले बताए । शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द नहटाएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने उनले बताए ।

सरकारले शिक्षा विधेयकमा भएका र सच्चाउन भनेका बुदाहरु नसच्चाएमा आन्दोलनका कार्यक्रम जारी राख्ने एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले बताए । केन्द्रीय सर्कुलर अनुसार नै रुपन्देहीमा पनि कार्यक्रमहरु भई रहेको र निरन्तर हुने प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित