जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

भदौ २५ गतेदेखि बुटवलमा फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला हुने

बुटवलमा ‘प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेला २०८२’ हुने भएको छ । रोटर्याक्ट क्लब अफ बुटवल साउथको आयोजनामा यही भदौ २५ गतेदेखि असोज १२ गतेसम्म देविनगर रंगशालामा सो मेला संचालन हुने भएको हो ।

आइतबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको तयारी तीव्र रुपमा भइरहेको जनाकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै रोटर्याक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष इपल भण्डारीले मेलामा फिस टनेल र दुबई सिटी मुख्य आकर्षकको रुपमा रहने बताए ।

साथै मेलामा विष्णुमतिको मन्दिरको दर्शन तथा विभिन्न सांस्कृतिक कार्यक्रम, टिकटक प्रतियोगिता, नृत्य लगायतका विविध सांस्कृतिक कार्यक्रम समेत हुने बताए । क्लब स्थापना कालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको बताउँदै अध्यक्ष भण्डारीले सामाजिक कार्य गर्नका लागि नै मेलाको आयोजना गरिएको बताए । अहिलेसम्म २०० स्टल बुक भइसकेको र केही स्टल थप गर्ने तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।

मेलाको अवलोकलनका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको सचिव शंकर काफ्ले बताए । साथै विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ४० रुपियाँ एवं ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र असक्त तथा अपाङ्गहरुलाई प्रवेश शुल्क नलाग्ने बताए ।

मेलामा स्थानीय तथा राष्टिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताए । प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटि सांस्कृतिक तथा रमाइलो मेलाको सहआयोजकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ र संरक्षकमा बुटवल उपमहानगरपालिका रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित