निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रास्वपाको ‘प्राइमरी इलेक्सन’ सम्पन्न, १५६७ मत खस्यो

रुपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको ‘प्राइमरी इलेक्सन’ सम्पन्न भएको छ।

रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहानदेखि सुरु भएको अनलाइन भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको हो। कुल २७१६ मतदाता मध्ये १५६७ जनाले मत खसालेका छन्। पार्टीको नियमअनुसार केन्द्रीय समितिका सदस्यले पनि मत हाल्न पाउने प्रावधान रहेकामा ६२ सदस्य मध्ये २७ जनाले मात्र भोट दिएको उनले बताए।

उनका अनुसार केही अनलाइन भोट अस्वीकृत हुने सम्भावना रहेको छ र यसको छानबिन निर्वाचन समितिले गर्नेछ। रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न रास्वपाबाट ९ जनाले आवेदन दिएका थिए। नतिजा आइतबार सार्वजनिक हुने बताइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित