कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

नापी हाकिमको अवैध सम्पत्ति पौने ६ करोड, २ छोरा र श्रीमतीसमेतलाई भ्रष्टाचार मुद्दा

नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवमाथि ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ अवैध सम्पत्ति रहेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विभागीय प्रमुख र दलका नेताहरूलाई प्रभावमा पारी उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाई, विदेश पढ्न गएका कर्मचारीको पद र दरबन्दी कायम गरी यादवले दशौं वर्ष निमित्त हाकिम चलाएर सरकारी सार्वजनिक जग्गा हाल साबिक, प्लट मिलान, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गरेको अख्तियारले जनाएको छ ।

यादव र परिवारको २०५३ असार १३ देखि ८१ असार १६ सम्मको सम्पत्ति विवरण जाँच गर्दा तलभ भत्तासहित कुल वैध आय ९ करोड ३ लाख ९५ हजार ४४४ देखिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, व्यवसायिक लगानीको रकम हिसाब गर्दा व्ययतर्फ १४ करोड ८३ लाख ५७ हजार ८८४ रूपैयाँ खर्च भएको बताइएको छ ।

आयव्ययको लेखाजोखा गर्दा यादवको ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ गैरकानूनी देखिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए ।

अवैध सम्पत्ति आर्जनबाट उनले श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा खरिद गरेका सम्पत्तिसमेत जफत गर्ने गरी तीनैजनालाई प्रतिवादी बनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित