३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा गर्ने निर्णय

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभाको मिति तय गरिएको छ । कार्यसमिति बैठकले संघको ७२ औं वार्षिक साधारण सभा आगामी असोज २७ गते सोमबारका दिन गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

साधारण सभामा सहभागि सदस्यहरुलाई वितरण गर्ने किट व्याग व्यवस्थापनका लागि कार्यसमिति सदस्य जगन्नाथ न्यौपाने, खाना तथा खाजा व्यवस्थापनका लागि कार्यसमिति सदस्य उमेश अमात्य र स्वागत तथा सत्कारका लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यसैगरी मतसर्वेक्षणका लागि कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनका लागि कार्यसमिति सदस्य निर्मित कसजू, निमन्त्रणा कार्ड व्यवस्थापनका लागि कार्यसमिति सदस्य काशिराम शर्मा पौडेल, पार्किङ व्यवस्थापनको लागि कार्यसमिति सदस्य टिकाराम वञ्जाडे र सौजन्य तथा सहयोग व्यवस्थापनको लागि कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित