निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

स्क्रबटाइफसबाट पाल्पामा एक बालिकाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१, सिद्धेश्वरकी एक बालिकाको स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको छ ।

सिद्धेश्वरस्थित वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको स्क्रबटाइफसका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

लगातार ज्वरो र रुघाखोकीपछि उनी सुरूमा नजिकैको औषधि पसल गएकी थिइन् । तर, अवस्था बिग्रिएपछि उनलाई गुल्मीको रुरुक्षेत्रस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । अक्सिजन कम देखिएपछि उनलाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको थियो । तर, बाटैमा बेहोस भएको र अस्पताल पुर्‍याउन नपाइ मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मधुसुदन भट्टराईले जानकारी दिए।

समयमा अस्पताल नलगिनु, स्वास्थ्य अवस्था जटिल हुनु र स्क्रबटाइफस पोजेटिभ देखिनु बालिकाको मृत्युको प्रमुख कारण बनेको उनले सुनाए ।

यस वर्ष भदौ ६ गतेसम्म पाल्पामा २३८ जनामा स्क्रबटाइफस पोजिटिभ देखिएको छ । रैनादेवी छहरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार साउनयता मात्रै गाउँपालिकामा ४८ जना स्क्रबटाइफस पोजिटिभ देखिएका छन् । टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना दाग-बिमिरा देखिनु स्क्रबटाइफसका प्रमुख लक्षण हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित