लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे

अर्घाखाँचीको एक बाख्रा फर्मका १५ बाख्रा बाघले मारेको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ मुस्यान माझिफाँटमा रहेको हिमालयन बाख्रापालन तथा कृषि फर्मका १५ बाख्रा बाघले मारेको हो ।

बुधबार बाख्रा चराउन जङ्गल जाँदा एकैदिन ३० बाख्रा हराएका थिए । जसमध्ये १५ बाख्रा फर्ममा आए, ती मध्ये एउटा घाइते रहेको र अरु बाख्रा मध्ये ७ बाख्रा बाघले मारेको अवस्थामा विहीबार ५ र शुक्रवार दुईवटा फेला पारिएको फर्मका संचालक घनश्याम अधिकारीले जानकारी दिए ।

अरु ८ बाख्रा शनिबारसम्म फेला पार्न नसकिएको उनले बताए । बाख्रा हराएपछि लगातार खोजी कार्य गरिरहेको उनले जनाए । तर यतिका दिनसम्म बाख्रा फेला नपर्नूले ती बाख्रालाई पनि बाघले भेटेको उनको आशंका छ ।

भेटिएका ७ बाख्रामध्ये ४ बाख्रालाई पछाडिको भागमा क्षति गरेको अरु मारेर छाडेको अवस्था भेटाइएको उनले जनाए । मरेका बाख्रालाई झन्डै एक किलोमिटरमा फेला पारिएको थियो । देउराली–पारे सामुदायिक वन क्षेत्रमा उक्त बाख्रालाई बाघले शिकार बनाएको हो ।

झन्डै दुई वर्ष अगाडि यहाँ बाख्रापालनका लागि १२ लाख लगानी लगाएर संरचना बनाइएको थियो । बाख्रासङ्गै फर्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको छ । फर्ममा अहिलेसम्म झन्डै ३५ लाख लगानी लगाइएको फर्मका अर्का संचालक बिष्णु पौडेलले बताए ।

बाघले गर्दा फर्मका ठूलो क्षति पुगेको संचालक पौडेलले गुनासो गरे । गएको जेठ महिनामा २५ सय ब्रोइलर कुखुरामध्ये एकै दिन १२ सय कुखुरा मरेका थिए । फेरि बाख्रामा ठूलो क्षति पुगेको उनले बताए ।

अधिकारीलगायत ५ युवाले संयुक्त लगानी गरी अर्घाखाँचीको शितगंगा १३ मा हिमालयन बाख्रा तथा कृषि फर्म नामबाट एकीकृत कृषिमा लगानी गर्दै आएका थिए । लगातारको क्षतिले फर्म सञ्चालक चिन्तामा छन् । स्वदेशमै केही गर्नुपर्छ भनेर पशुपंक्षीपालनमा लगानी लगाएपनि सोचेजस्तो हुन नसकेको उनले जनाए ।

बाख्रा मारेको अवस्था हेर्दा चितुवा नभएर बघेनी रहेको गाउँले बताउँछन् । चरन क्षेत्रमा गएका बाख्रा केही नभेटिएपछि सोही दिन नै संचालक सहित गाउँलेहरु खोजी कार्यमा निस्किएका थिए । राती अबेरसम्म बाख्रा नभेटिएपछि अर्को दिन खोज्न जाँदा बाघले जंगलमा बाख्रा एकाएक एक किलोमिटरको दुरीमा लखेटेर मारेको भेटिएको स्थानीय बाबुराम भाटक्षेत्री बताउँछन् ।

पछिल्लो समय सो क्षेत्रमा बाघको बिगबिगी बढ्दो छ । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका ४ बाख्रा जंगली जनावरले मारेको, एक बाख्रालाई घाइते पारेको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित