जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ?

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम धमाधम चलिरहेको छ । गत माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु भएपसि भौतिक संरचनाहरू निर्माणको कामले तीव्र गति लिएको सिद्धबाबा सुरुङ मार्ग आयोजना प्रमुख कृष्ण अधिकारीले  बताए ।

उनका अनुसार सिद्धबाबा सुरुङ मार्गको हालसम्म भौतिक प्रगति करिब ६० प्रतिशत छ । त्यस्तै वित्तीय प्रगति ५१ प्रतिशत छ ।

उनले अहिले लाइनिङ (भित्री पर्खालमा गरिने संरचनात्मक लेपन) को काम अन्तिम चरणमा पुगेको बताए । उक्त सुरुङ मार्गको लाइनिङको काम कुल १५२० मिटर गर्नुपर्नेमा अब ९० मिटर काम गर्न बाँकी छ । यस्तै यहाँ इन्भर्ट (भुईँको ढलान कार्य) पनि सकिएको छ ।

सिद्धबाबा सुरुङ मार्गको ब्रेकथ्रु भएपछि अहिले भित्री भागका अरू काम धमाधम भइरहेका छन् । ब्रेकथ्रु भनेको सडक ट्रयाक खोलेजस्तै हो । त्यसपछि बल्ल मुख्य काम गर्न मिल्ने भएकाले अन्य कामहरू धमाधम भइरहेको प्रमुख अधिकारीको भनाइ छ ।

यहाँ एउटा मुख्य सुरुङ र तीनवटा बाइपास सुरुङ छन् । मुख्य सुरुङमा आकस्मिक समस्या आएमा बाइपास सुरुङ प्रयोगमा ल्याउनुपर्ने हुन्छ । बाइपास सुरुङमा पनि लाइनिङ र इन्भर्ट (भुईँको ढलान कार्य) को काम भइरहेको छ । तीनवटै बाइपासको एकैसाथ काम भइरहेको छ । भुईँ ढलान, भित्तो लेपनको कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीइसी) सँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८३ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि त्यसअघि नै बुझाउने गरी ठेकेदार कम्पनीले अहिलेसम्म काम गरेको आयोजना प्रमुख अधिकारीले रातोपाटीलाई बताए ।

उनले अब फिनिसिङका लागि मसिनो कामहरू गर्नुपर्ने भएकाले त्यसका लागि पनि सामानहरू ठेकेदारले मगाउँदै गरेको जानकारी आफूहरूलाई दिएको खुलाए ।

यहाँ सुरक्षाको व्यवस्था, उपकरणहरू जडान, वायरिङ, भेन्टिलेसन, अग्नि नियन्त्रकको व्यवस्थापनसँगै सम्झौताअनुसार आयोजनाको कार्यालयसमेत निर्माण गरेर दिनुपर्ने उल्लेख गरिएको छ ।

सुरुङ बाहिरको पहिरो कसरी नियन्त्रण गर्ने ?

सिद्धार्थ राजमार्गमा पर्ने यो सिद्धबाबा क्षेत्र सधैँ जोखिमपूर्ण मानिन्छ । हिउँदमा माथिबाट ढुङ्गा खस्ने र बर्खामा पहिरोको त्रासले गर्दा पाल्पाको दोभानबाट बुटवल आउजाउ गर्न सधैँ त्रास रहन्छ । अझ सुनौली हुँदै पोखरा जाने खासगरी भारतीय पर्यटकहरू सिद्धबाबाको पहिरोको त्रासले गर्दा अर्को बाटो समेत प्रयोग गर्ने गर्छन् ।

पहिरोले समय–समयमा यात्रुको मृत्यु हुनुका साथै थुप्रै सवारी साधनमा क्षति पुगेको छ । समाधानका लागि यहाँ २०८० साल माघ ४ गतेबाट पहिरो झरिरहने पाल्पाको तिनाउ गाउँपालिका–३ कुहिरेभिरमा सुरुङ मार्ग निर्माण थालिएको हो ।

२०८१ माघ १० गते सुरुङ मार्गको ब्रेकथ्रु गरिएको थियो । दुई लेनको मुख्य सुरुङ मार्ग १ हजार १२६ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । अहिले दैनिक १८० भन्दा बढी कामदार र प्राविधिकले सुरुङ मार्गमा काम गरिरहेका छन् ।

तर त्यो सुरुङ मार्गभन्दा बाहिर पनि पहिरो खस्न नियन्त्रण गर्ने गरी ढुङ्गा रोक्ने गरी काम गर्न परियोजनाले ठेकेदारसँग सम्झौता गरेको छ । जसमा करिब ४० मिटर जति उचाइमा ढुङ्गाहरूलाई टेका लगाउने, यस्तै माथिबाट खस्ने ढुङ्गाहरूलाई रक नेट लगाएर ढुङ्गाको गति कम गर्ने विधि अपनाइनेछ । त्यसको काम बर्खामा गरिएको छैन । किनकि त्यो काम गर्दा पनि सडकमा सवारी आगमन रोकेर गर्नुपर्ने हुन्छ । त्यसकारण सुरुङ मार्गको काम सकिएपछि सवारीलाई सुरुङबाटै चलाएर बाहिरको काम गर्ने योजना सुरुङ मार्ग निर्माण परियोजनाको छ ।

अन्य के–के निर्माण गर्ने ?

आयोजना प्रमुख अधिकारीका अनुसार सुरुङ मार्ग सुरक्षाका लागि उत्तर र दक्षिणको प्रवेशद्वारमा कन्ट्रोल बिल्डिङ बनाइनेछ । कन्ट्रोल बिल्डिङमा सुरुङ मार्गभित्रका गतिविधिहरू अवलोकन गरिन्छ । भित्र दुर्घटना भए–नभएको, प्रदूषणको अवस्था, ध्वनिको अवस्था, हावाको गति के छ आदि कम्प्युटर स्क्रिनमा परीक्षण गर्न सकिनेछ । निर्माण कम्पनीले भित्र प्रयोग गर्ने सामानहरू खरिदका लागि फाइल गरिसकेको छ । निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गर्ने सम्झौतामा उल्लेख छ ।

सिद्धबाबा सुरुङ मार्गको कन्ट्रोल भवन सिद्धबाबामा रहे पनि आयोजनाको कार्यालयका लागि बुटवलमा छुट्टै दुईतले भवन निर्माण गर्ने सम्झौता छ । करिब १५ सय स्क्वायर फिटको भवन निर्माण गर्नका लागि बुटवलमा रहेको सडक कार्यालय परिसरको खाली जग्गा प्राप्त भएको छ । उक्त जग्गामा केही रूखहरू रहेकाले तिनलाई काट्न वन कार्यालयले अनुमति प्रदान गरेको आयोजना प्रमुख अधिकारीले बताए ।

उनले वन अनुमति दिए पनि सम्भवतः दसैँपछि यहाँ अफिस निर्माणको काम पनि सुरु हुने बताए । यहाँ इन्जिनियर तथा अन्य कर्मचारीहरू बस्नका लागि दुईतले भवन निर्माण गर्ने डिजाइन परियोजनाले सुरुमा नै गरेको खुलाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित