लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

बाणिज्य क्याम्पस तेस्रो पटक क्यूएए बाट सम्मानित, मंगलबार प्रभातफेरी गरिदै

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रमका बिच विश्वविद्यालय अनुदान आयोग, नेपालको कार्यालय भक्तपुरमा क्याम्पसलाई उक्त प्रमाणपत्र प्रदान गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसको तेस्रो चरणको क्यूएए प्रदान गर्नका लागि अन्तिम चरणको मुल्यांकन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोली २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरु सङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।

विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरुसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदमा बुझाएको थियो ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट प्रमाणपत्र प्राप्त गरे संगै क्याम्पसले मंगलबार बुटवलमा खुशी साट्दै प्रभातफेरी गर्ने भएको छ । बाणिज्य क्याम्पस प्रांगणबाट सुरु हुने प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराईजन चोक हुँदै क्याम्पस प्रांगणमा आएर समापन हुनेछ ।

क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो पटक क्यूएए पाउने नेपालकै पहिलो शैक्षिक संस्था बनेको बताए ।

विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक वि.सं. २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको क्याम्पसले वि.सं.२०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने वि.सं. २०७५ र वि.सं. २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको थियो । त्यस्तै क्याम्पस वि.सं.२०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित समेत भएको थियो ।

गुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पसले पटकपटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो समेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरु सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरु, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित