
सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु भैरहवा आएका छन् ।
पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश सांसदहरु मंगलबार साँझ नै भैरहवा आइपुगेका छन् ।
रास्वपा सांसदहरुले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति लामिछानेलाई बिहान भेट्ने कार्यक्रम छ ।
त्यसपछी दिउँसाे एक बजे संसदीय दलको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा हुने पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले जानकारी दिए ।