जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्राय: सबै ठाउँमा कालोपत्रे

एआई जेनेरेटेड तस्वीर ।

नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्राय: सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ ।

अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास छ ।

आयोजनाका अनुसार तर, दाउन्नेमा भने चालु वर्षा र आउँदो हिउँदसम्म अलि दु:खे हुने छ । त्यसपछि १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि पूर्ण सहज र सुरक्षित हुने आयोजनाको विश्वास छ ।

‘११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकमा दाउन्नेबाहेक अन्यत्र प्राय: सबै ठाउँमा कालोपत्रे भएसँगै यात्रा सहज भैसकेको छ । चालु वर्षा र आउँदो हिउँदको केही समय दाउन्नेमा अलि दुख पक्कै होला,’ आयोजनाले लेखेको छ, ‘तत्पश्चात १३ किलोमिटर लामो दाउन्नेको यात्रा पनि यहाँ देखाइएको एआई जेनेरेटेड सडकजस्तै पूर्ण सहज र सुरक्षित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौं ।’

एआई जेनेरेटेड तस्वीर ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित