जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

नेपाल संस्कृति र सम्पदाले सम्पन्न मुलुक हाे- अर्थमन्त्री पाैडेल

बुटवल । नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले असल सामाजिक सद्भाव समाजमा फैलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

ज्ञान विवेक र मानवताका ज्ञानहरुलाई एकताको सन्देस दिनेहरु समाजमा सामाजिक सद्भाव फैलाउनुपर्ने उनको भनाई छ । बुटवल ११ योगिकुटी स्थित देवस्थल मन्दिरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्दिरको माध्यमबाट समाजमा राम्रा विचारहरु फैलाउनुपर्ने सुझाव दिए ।

उनले नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको बताए । साथै उनले यहि संस्कति र परम्परालाई देवस्थल जस्ता मन्दिरहरुलाई अनुसरण गर्दै सम्बृद्ध संस्कृतिको रुपमा अगाडि बढ्नुपर्ने उनको भनाई छ । साथै उनले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताए ।

विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो संस्कृति र परम्परा अनेत्र नभएको दावी गरे । त्यस्तै उनले मन्दिर व्यवस्थापन समितिले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवन निर्माणका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता समेत जनाए ।


रुपन्देही क्षेत्र नं. २ का सांसद समेत रहेका पौडेलले रुपन्देही पूर्वधारको विकास सँगै मानविय विकासमा अव्वल बन्दै गइरहेको समेत बताए । रुपन्देहीमा अहिले निर्माणधिन अवस्थामा रहेका आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक बजेटको कमि नहुने बताउंदै रुपन्देहीले पूर्वधार विकासमा छलांग मारेको बताए ।

अर्थमन्त्री पौडेललाई देवस्थल मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा शर्माले पुष्पगुच्छाबाट स्वागत गरेकी थिईन । सो क्रममा उनले धर्मशाला, जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने तयारी समितिले गरेको बताईन ।

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि घिमिरे, सचिव रनमाया चापागाई, सह सचिव जिवलाल बस्याल, कोषाध्यक्ष बद्री लम्साल, सह कोषाध्यक्ष माया बेलबासे सदस्यहरु गणेश न्यौपाने, कमला न्यौपाने, मञ्जु खड्का, लक्ष्मी श्रेष्ठ, एकदेव न्यौपाने, श्याम पोखरेल, पप्पु वि.क. ललिता खनाल लगाएतले अर्थमन्त्री पौडेललाई स्वागत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित