कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

असोज २९ गते देखि उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव हुँदै

बुटवल । आगामी असोज २९ गते देखि स्याङजाको गल्याङ–१ मालुंगा र पाल्पाको रम्भा–१ उत्तरबाहिनीमा उत्तरगण्डकी महामेला, दामोदर–धर्मोत्सव ०८२ हुने भएको छ ।
श्री कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आयोजनामा कार्तिक १९ गते सम्म धर्मोत्सवमा पांच अर्ब तुलसीदल, गाईको दुध र गण्डकी जलद्वारा सवालाख शालग्राम भवनको अभिषेक पुजन, धनधान्यचल महायज्ञ तथा लक्ष्यवती, चारबेद, अठार पुराण पाठ पारायण लगाएका कार्यक्रमहरु हुनेछ ।
प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्य कृष्णले यस धर्मोत्सवले लुम्बिनी र गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्ने बताए ।
रुपन्देहीको तिलोत्तमामा आयोजित तयारी भेलालाई सम्बोधन गर्दै उनले धर्मोत्सवमा दामोदर कथा, दिपदान तथा श्रङागरिक आरती, आशीर्बचन, हरिनाम संकीर्तन एवं माता पिता पुजन लगाएतका कार्यक्रमहरु गरिने बताए ।
धर्मोत्सवको अवधारणा प्रस्तुत गर्दै ज्योतिष जनार्दन न्यौपानेले धर्मोत्सवले स्थानिय कृषि उत्पादनको बजारिकणमा टेवा पुराउंदै घरेलु तथा साना उद्योगहरुको पनि बजारिकण हुने बताए । राजगारी प्रबद्र्धनको आधार तय हुनुको साथै महिलाहरुको रोजगारीमा बृद्धि पनि यस उत्तरगण्डकी महामेलाले हुने अपेक्षा लिएको उनंको भनाई छ ।
साथै उनले उत्तर गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार १ हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निमांण गर्ने, घाट व्यवस्थापन गर्ने १ हजार क्षमताको शभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको बताए ।
त्यस्तै मुक्तिनाथ धामका स्वामि लोकानन्दले धर्मोत्सवले नेपालको धार्मिक पर्यटनको विकासमा नयां ईट्टा थप्ने बताए । कार्यक्रमका संयोजक रामप्रसाद बस्यालले सवैको सहयोगले मात्र धर्मोत्सव सफल हुनेभन्दै सवै जना महामेलामा सहभागि हुन अपिल गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित