लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

अर्घाखाँचीमा २० जना बाँदर र बँदेल हेरालु नियुक्त

डिभिजन वन कार्यालय अर्घाखाँचीले  २० जना बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका १० वटा सामुदायिक वन समूहसँगको सहकार्यमा यो निर्णय लिइएको हो। खेतीबालीमा हरेक वर्ष जस्तो क्षति भइरहेपछि सामुदायिक वन समूहहरूको सहमतिमा आर्थिक साझेदारी हुँदै हेरालु नियुक्त गरिएको हो। यी हेरालुहरू बाँदर र बँदेल धपाउने कार्यमा साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा परिचालित हुने छन्।

वन कार्यालयका डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठका अनुसार बाँदर र बँदेलको बढी आतंक भएका गाउँहरू पाली, किमडाँडा, बल्कोट, चिदिका, केरुङ्गा, अड्गुरी, खन, अर्घातोष, पोटुवाथुममा २र२ जना कर्मचारी खटाइएको छ। ६ स्थानीय तहका १० वटाभन्दा बढी क्षेत्रमा हेरालु कार्यरत छन्।

उनीहरूलाई मासिक १० हजार रुपैयाँ पारिश्रमिकका साथै सञ्चार खर्च समेत उपलब्ध गराइने भएको छ। शितगंगा नगरपालिकामा कार्यरत सामुदायिक वनहरूबाट मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी डिभिजन वन कार्यालयले दिएको छ।

बाँदर र बँदेल हेरालुहरूलाई विशेष तालिम दिइएको छ। उनीहरूले दिनभर आफ्नो कार्य विवरण डिभिजन वन कार्यालयमा पठाउनु पर्ने व्यवस्था मिलाइएको छ। सूचना अधिकारी केशर खड्काले भने–‘कृषकको पसिनालाई जोगाउन विगतमा विभिन्न उपाय अवलम्बन गरिए पनि खास सफलता नआएपछि अन्ततः हेरालु नियुक्तिको विकल्प अपनाइएको हो।’

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित