दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अध्यक्ष र हाकिमको कार्यकक्षमा तालाबन्दी

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयमा जडान गरिएका स्मार्ट बोर्डसम्बन्धी कार्यमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्षसहित विभिन्न वडाध्यक्ष तथा सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेकपा एमालेबाट निर्वाचित गाउँपालिकाका उपाध्यक्ष मिनादेवी गौतमसहित २८ जना जनप्रतिनिधिले यस विषयमा सत्यतथ्य छानबिन नहुदा सम्म पालिकाको कुनै पनि कार्यक्रममा सहभगी नहुने निर्णयसहितको ज्ञापनपत्र बुझाएका छन् ।

सोही विषयलाई लिएर सोमबार नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी गुल्मीका अध्यक्ष फर्सु ज्ञवालीले गाउँपालिका अध्यक्ष यदु ज्ञवाली प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको कार्यकक्षमा ताला लगाएका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालित “स्मार्ट बोर्ड जडान कार्यक्रम” मा गम्भीर प्रक्रियागत अनियमितता देखिएको भन्दै जनप्रतिनिधिहरूले कडा असन्तुष्टि जनाएका हुन् ।

ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार मिति २०८१ चैत २५ गते गाउँ कार्यपालिकाको बैठकले सबै माध्यमिक विद्यालयहरूमा स्मार्ट बोर्ड जडान गर्ने निर्णय गरेको थियो । सो निर्णयबमोजिम शिक्षामा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने उद्देश्य थियो ।

तर तीन महिनासम्म निर्णय कार्यान्वयनमा नल्याई २०८२ असार ३ गते एकाएक केही व्यवसायीहरू विद्यालयमा पुगेर बोर्ड जडान गरेका थिए । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई कुनै जानकारी नदिई जडान गरिएको स्मार्ट बोर्डसँग सम्बन्धित कोटेसन र खरिदसम्बन्धी फाइलहरू व्यवसायीहरूले पछि बनाएको देखिएको छ ।

ती कागजातमा विद्यालयबाट हस्ताक्षर र छाप गराउने प्रयास भएको जनाइएको छ । विद्यालयहरूले प्रक्रियागत त्रुटी औँल्याउँदै यस्ता कागजातमा सहीछाप गर्न अस्वीकार गरेपछि मात्र विषय सार्वजनिक भएको हो ।

त्यसपछि पालिका प्रशासनले असार ११ गते सात वटा विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर फाइल तयारी गरी भुक्तानी माग गर्न निर्देशन दिएको थियो । विद्यालयहरूले सबै कागजात पेश गरेता पनि चालु आर्थिक वर्षको अन्त्यसम्म कुनै भुक्तानी प्रक्रिया अघि नबढाइएको जनप्रतिनिधिहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट २५ लाख र गाउँपालिकाबाट रु. १० लाख विनियोजन गरिएको उक्त योजनाको कुल ३५ लाख बजेट फ्रिज भएको छ ।

यसले शिक्षालाई प्रविधिमैत्री बनाउने प्रयासमा धक्का पुगेको जनप्रतिनिधिहरूको गुनासो छ ।
यस विषयमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कुनै संग्लनता नरहेको बताए । उनले यस कार्यको छानविन गर्न पालिका तयार रहेको बताए । पालिकाले भुक्तानी नै नगरेको विषयमा पालिका नजोडिएको उनको तर्क छ ।

स्मार्ट बोर्ड खरिद सम्बन्धमा अनियमितता भएको आरोपसहित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

मिति २०८२ साल असार ३० गते बुझाइएको ज्ञापनपत्रसँगै तालाबन्दी गरिएको यो घटनाले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
यस विषयमा गाउँपालिकाका प्रवक्त हरिप्रसाद ज्ञवालीले विज्ञप्ति जारी गर्दै पालिकाको आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा जनाइएअनुसार स्मार्ट बोर्ड खरिद कार्य गाउँ शिक्षा समितिको मिति २०८१-१२-२२ को निर्णय र २०८१-१२-२५ को गाउँ कार्यपालिकाको निर्णयअनुसार अघि बढाइएको हो ।

यसबारे मिति २०८२÷०३÷२० गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्पष्ट धारणा राखिएको र मिति २०८२÷०३÷२६ गते गाउँ कार्यपालिका, शिक्षा समिति तथा सातवटै माध्यमिक विद्यालयका प्रधानाध्यापकसहितको छलफलबाट खरिद प्रक्रियाको सत्यतथ्य पत्ता लगाउन सर्वपक्षीय छानबिन समिति बनाउने सहमति गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै मिति २०८२÷०३÷२७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले खरिद प्रकरणमा उठेका द्विविधाहरूको समिक्षा गरी टुंगोमा पु¥याएको र आगामी दिनमा जवाफदेही व्यवहारका लागि शिक्षा समिति तथा सम्पूर्ण कार्यपालिका प्रतिबद्ध रहेको स्पष्ट पारिएको विज्ञप्तिमा उल्लेख छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित