निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

रुपन्देही फेशन रनवे-२०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीलाई

बुटवल । रुपन्देहीको बुटवलमा भएको रुपन्देही फेशन रनवे २०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीले जितेकी छन् ।

पि प्रोडक्सनको आयोजनामा भएको रुपन्देही फेशन रनवेमा दुई दर्जन प्रतिस्पर्धीलाई पछाडी पार्दै रेग्मीले उपाधिसहित क्राउन जितेकी हुन् । विजेता बन्दै रेग्मीले नगद २५ हजार रुपैया, प्रमाणपत्र र थुप्रै गिफ्ट हेम्पर जितेकी छन् ।

नगद सहित उनले एक वर्षको मोडलिङको अवसर, राष्ट्रिय लेवलको मोडलिङमा तालिम र सहभागिताको अवसर पनि पाउने पि प्रोडक्सनका इभेन्ट म्यानेजर प्रशान्त शाहले जानकारी दिए । बुटवलमा चरण चरणमा भएको तालिम र विभिन्न प्रकारका प्रतिस्प्रर्धी प्रतियोगिताबाट पि प्रोडक्सनले विजेता छानेको शाहले बताए ।

यस्तै फेशन रनवे प्रतियोगितामा प्रियंका थापा मगर फष्ट रनरअप, एलिना थापा मगर सेकेण्ड रनरअप र अर्विन विश्वकर्माले थर्ड रनरअपको उपाधि जितेका छन् । उनीहरु विजेता बन्दै थुप्रै पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको शाहले बताए ।

यस्तै प्रतियोगितामा प्रियंका भुसालले पक्लिक च्वाइस, सुनिता विकले अर्गनाइजर च्वाइस, विनिता सुनारले भिवर च्वाइस, जोया थापाले मष्ट फोटोजेनीक, निर्विता रेग्मीले मष्ट कन्फिडेन्ट, एलिना थापाले मल्टिमिडिया, काभ्या भट्टराईले मष्ट पपुलर एवार्ड प्राप्त गरेका हुन् ।

कार्यक्रममा इन्टरनेशनल फेशन डिजाईनर अमित बराल, नेशनल फेशन कोरियोग्राफर इस्मीत तामाङ, फेशनर डिजाइनर हरि पंगेनी र प्रिन्सु खड्काले निर्णायको भुमिका निभाउनु भएको थियो भने सम्पुर्ण इभेन्टको कोरियोग्राफि रेनुका चौधरीले गरेका थिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित