दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष जिडी शिखरको अध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ पि नेपालका अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा अवार्ड सेरेमोनी तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्यालले समाज रुपान्तरणका लागि युवाहरुको सक्रियता बढ्नुपर्ने बताए । युवक समाज परिर्वतनका संवाहक रहेको र समाजलाई रुपान्तरण गर्न युवाले मात्र सक्ने उनको भनाई थियो ।

साथै उनले क्लवलाई अझै सामाजिक कार्यमा सक्रिय भएर लाग्न सुझाव दिए ।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ११ का कार्यबाहक अध्यक्ष नहकुल शाही ठकुरीले समाजमा चेतना जगाउने खालका कार्यक्रम क्लवले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष बिनोद सुवेदी, पुर्व अध्यक्षहरु उमानाथ अधिकरी, नबराज बन्जाडे, रामप्रसाद बेल्बासे, गोबिन्द लामीछाने, गोपाल खरेल, संस्थापक अध्यक्ष मनोज गौतम लगाएले बोलेका थिए ।

लियो पुर्व अध्यक्ष सजिव सुनारको संयोजनमा भएको कार्यक्रमको सञ्चालन प्रविन रिजालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित