लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष जिडी शिखरको अध्यक्षता तथा लियो जिल्ला परिषद् ३२५ पि नेपालका अध्यक्ष श्रीधर बस्यालको प्रमुख आतिथ्यतामा अवार्ड सेरेमोनी तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको हो ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि बस्यालले समाज रुपान्तरणका लागि युवाहरुको सक्रियता बढ्नुपर्ने बताए । युवक समाज परिर्वतनका संवाहक रहेको र समाजलाई रुपान्तरण गर्न युवाले मात्र सक्ने उनको भनाई थियो ।

साथै उनले क्लवलाई अझै सामाजिक कार्यमा सक्रिय भएर लाग्न सुझाव दिए ।

त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं. ११ का कार्यबाहक अध्यक्ष नहकुल शाही ठकुरीले समाजमा चेतना जगाउने खालका कार्यक्रम क्लवले गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा लायन्स क्लब अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष बिनोद सुवेदी, पुर्व अध्यक्षहरु उमानाथ अधिकरी, नबराज बन्जाडे, रामप्रसाद बेल्बासे, गोबिन्द लामीछाने, गोपाल खरेल, संस्थापक अध्यक्ष मनोज गौतम लगाएले बोलेका थिए ।

लियो पुर्व अध्यक्ष सजिव सुनारको संयोजनमा भएको कार्यक्रमको सञ्चालन प्रविन रिजालले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित