दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न

बुटवल । एएचएफ नेपालको लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एचआईभी सम्बन्धी परियोजनाले ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न गरेको छ । बैठकमा एएचएफ नेपालको हालको परियोजना उद्देश्य र लक्ष्य सहित कार्यक्रम संयोजक धर्मराज भट्राईले प्रस्तुतीकरण दिएका थिए । सो अवसरमा उनले हाल १ हजार ६७१ ज्ना एचआईभी संक्रमितहरुले त्यस विरुद्धको औषधि नियमित सेवन गरेको जानकारी दिए ।

साथै उनले गत ६ महिनाको अवधिमा १४ हजार ३१२ कण्डम वितरण गर्नुका साथै ३८७ जनालाई परियोजनाले आर्थिक सहयोग गरेको बताए । उनका अनुसार गत ६ महिनामा मात्र ३४ जना नयाँ एचआईभी संक्रमित पत्ता लगाई उपचारमा आबद्ध भएका छन् ।

यस्तै चालु आर्थिक बर्षको अन्त्य सम्म ९८ प्रतिशत एचआईभी संक्रमित विरामीहरुको भाइरल लोड घटाइएको उनले बताए । बुटवल उपमहानगरपालिकामा सञ्चालनमा भएको उक्त बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मित्रमणी खनाल, स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगाएतले बाेलेका थिए  ।

कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारीहरु, एचआईभीमा काम गर्ने संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कानुन व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित