लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

माछा पाल्न खनिएको पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा माछा पाल्न भनेर बनाइएको पोखरीमा डुवेर एक बालको मृत्यु भएको छ ।

तिलोत्तमा–७ भलबारीका १५ बर्षिय प्रज्ञान गौतम घर नजिकै स्थानिय व्यवसायी नारायण बञ्जाडेले माछा पाल्न भनेर खनेको पोखरीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा पोखरीमा डुवेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक ईन्द्र रानाले जानकारी दिए ।

तिन चार जना साथीसग पौडी खेल्न भन्दै गएका प्रज्ञान साझ ६ बजेतिर पोखरीमा डुबेका थिए । बालक पोखरीमा डुबेको भन्दै साझ ७ बजेतिर खबर आएपछि उद्धारको लागि गएको प्रहरीले राती १० बजे मात्रै पोखरीमा डुबेका बालकलाई बाहिर निकालेको रानाले बताए ।

पोखरीको चारैतर्फ पर्खाल उठाएको भएपनि गेट राख्न बांकी रहेको र गेट खुल्ला भएपछि उनी पौडी खेल्न पोखरीमा पसेका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित