दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बर्दघाटमा ४५ घर डुबानमा

मंगलबार रातिदेखि परेको वर्षाको कारण पश्चिम नवलपरासीको बर्दघाटमा ४५ घर डुबानमा परेको छ ।

बर्दघाट नगरपालिका–१० लन्डनबृज राजमार्गदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको स्थानीय देविदत्त पौडेलले बताए ।

पानीको निकास नहुँदा वर्षाको पानी जम्मा हुँदा डुबान परेको हो । बस्ती जलमग्न भएपनि क्षति भएको छैन । डुबान भएको क्षेत्रका स्थानीयले सामान तथा पशु चौपाया सुरक्षित स्थानमा राखेका छ्न् ।

उत्तरतर्फबाट आएको पानीको निकास नहुँदा यो क्षेत्रमा वर्षा हुनासाथ जलमग्न हुने गरेको छ । पछिल्लो १२ घन्टामा पश्चिम नवलपरासीको बर्दघाटमा १४३.४ मिलिमिटर र परासीमा १००.२ मिलिमिटर वर्षा भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित