जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन, जोखिम कायमै

ढुंगासहितको पहिरो खसेर बुधबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी खुले पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजमार्ग अन्तर्गतको पाल्पा–बुटबल सडक खण्ड राति परेको वर्षाका कारण ठूला ढुंगासहितको पहिरोले बुधबार बिहानैदेखि अवरुद्ध भएको थियो ।

सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी, सिद्धबाबा सुरुङमार्ग आयोजना र सडक डिभिजनको डोजरले पहिरो पन्छाएर सडक खुलाइएको छ ।

राजमार्गको अन्य स्थानमासमेत पहिरो खसेर सडक एकतर्फी छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सडकमा सवारी साधन गन्तव्यतर्फ पठाइएको छ ।

राजमार्ग बन्द हुँदा उत्तर–दक्षिण चल्ने राजमार्गका सबै सवारीसाधन ठप्प थिए । पहिरो पन्छाएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराईंका आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो भने मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

पहिरोले राजमार्गमा जोखिम कायमै

पाल्पाको तिनाउ गाउँपालिका ५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा परेको छ  ।

सिद्धार्थ राजमार्गबाट डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ  ।

समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा प्लास्टिक बिछ्याइएर राखिएको छ । समयमै पहिरो नियन्त्रणको काम नहुादा वर्षायाम सुरु भएसागै सबै सडक खोलामा खस्ने त्रास बढेको स्थानीयले जानकारी दिए ।

सडक डिभिजन पाल्पाले समयमै पहिरो नियन्त्रणको काम गरेको भए सडक बच्ने सम्भावना रहेको स्थानीयको गुनासो छ । ठेक्का भएपछि तत्कालै निर्माण व्यवसायीले निर्माणको काम गरेको भए सडकको पहिरो रोकिन सक्थ्यो ।

सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न ६ महिनाअघि ठेक्का गरेको थियो । चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ स्टिमेटसहित ठेक्का लगाएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित