भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन, जोखिम कायमै

ढुंगासहितको पहिरो खसेर बुधबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी खुले पनि जोखिम भने कायमै रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजमार्ग अन्तर्गतको पाल्पा–बुटबल सडक खण्ड राति परेको वर्षाका कारण ठूला ढुंगासहितको पहिरोले बुधबार बिहानैदेखि अवरुद्ध भएको थियो ।

सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान हेडबक्स नजिकै बिहान २ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार प्रहरी, सिद्धबाबा सुरुङमार्ग आयोजना र सडक डिभिजनको डोजरले पहिरो पन्छाएर सडक खुलाइएको छ ।

राजमार्गको अन्य स्थानमासमेत पहिरो खसेर सडक एकतर्फी छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएपछि सडकमा सवारी साधन गन्तव्यतर्फ पठाइएको छ ।

राजमार्ग बन्द हुँदा उत्तर–दक्षिण चल्ने राजमार्गका सबै सवारीसाधन ठप्प थिए । पहिरो पन्छाएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराईंका आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक–पटक सडक अवरुद्ध भएको थियो भने मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।

पहिरोले राजमार्गमा जोखिम कायमै

पाल्पाको तिनाउ गाउँपालिका ५, चर्चरे र गौडेपुलको बीचमा तीन वर्षअघि खसेको पहिरो समयमै नियन्त्रण नगर्दा सिद्धार्थ राजमार्ग जोखिममा परेको छ  ।

सिद्धार्थ राजमार्गबाट डुम्रेखोलामा खसेको पहिरो व्यवस्थापनमा सडक डिभिजन पाल्पाले समयमै ध्यान नदिँदा सडकमा सवारी साधन एकतर्फी मात्र सञ्चालन गर्नुपर्ने बाध्यता बनेको छ  ।

समयमै पहिरो व्यवस्थापन नभएपछि राजमार्ग जोगाउन एक महिनादेखि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा प्लास्टिक बिछ्याइएर राखिएको छ । समयमै पहिरो नियन्त्रणको काम नहुादा वर्षायाम सुरु भएसागै सबै सडक खोलामा खस्ने त्रास बढेको स्थानीयले जानकारी दिए ।

सडक डिभिजन पाल्पाले समयमै पहिरो नियन्त्रणको काम गरेको भए सडक बच्ने सम्भावना रहेको स्थानीयको गुनासो छ । ठेक्का भएपछि तत्कालै निर्माण व्यवसायीले निर्माणको काम गरेको भए सडकको पहिरो रोकिन सक्थ्यो ।

सडक डिभिजन पाल्पाले सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा सडक मर्मतसुधार गर्न ६ महिनाअघि ठेक्का गरेको थियो । चर्चरे क्षेत्रको पहिरो व्यवस्थापन गर्न भगवती कन्स्ट्रक्सन बुटवललाई ४२ लाख रुपैयाँ स्टिमेटसहित ठेक्का लगाएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित