भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

शिक्षा विकास तथा समन्वयको मोटरसाईकलमा ‘सालोको’ रजाइँ

बुटवल । शिक्षा विकास तथा समन्वय इकाई भैरहवाका कार्यालय सहयोगी शैलेन्द्र लोधले सरकारी मोटरसाईकलको दुरुपयोग गरेको पाइएको छ । रुपन्देहीको गैडहवा घर भई भैरहवामा बस्ने लोधले सरकारी नं. प्लेटको प्र ३–००१ ब १७१४ नं को मोटरसाईकल दुरुपयोग गरेको पाइएको हो ।

समाचार स्रोतका अनुसार उनी सँग सवारी चालक अनुमती पत्र (लाईसेन्स) समेत छैन् । हरेक हप्ताको शुक्रबार लोध विना लाईसेन्स घर गैडहवा जाने आउँने गर्दछन् । त्यति मात्र होईन कार्यालय समय बाहिर पनि भैरहवाका सडकमा उनले खुल्याम मोटरसाईकल चलाउँदै आएका छन् । ९ महिना अघि मात्र कार्यालय जागिर खाएका लोध शिक्षा विकास तथा समन्वय ईकाई भैरहवाका लेखापाल महंगो लोधको सालो हो । महंगो लोध भन्सार कार्यालयका समेत लेखापाल हुन ।

शिक्षा विकास तथा समन्वय ईकाइमा लेखापालको दरबन्दी नहुँदा उनै महंगो लोध बेला बेलामा आएर समन्वय ईकाईमा लेखापालको रुपमा कार्य गर्दै आएका छन् ।

कार्यालय सहयोगी लोधले कार्यालयको कामले मात्र आफुले मोटरसाईकल चलाउने गरेको बताए । उनले आफ्नो लाईसेन्स नभएको समेत स्वीकार गरे । ‘बजारमा त लैजान्न । अपिसको कामले हो मोटरसाईकल लैजाने । तर भोली देखि लैजान्न’ उनले भने ।

शिक्षा विकास तथा समन्वय ईकाई भैरहवाका कार्यालय प्रमुख माधव बञ्जाडेले एक पटक बाहिर मोटरसाईकल लगेको सूचना आफुले पनि पाएको भन्दै शैलेन्द्रलाई पुन सचेत गराउने बताए । ‘कोलेनीकामा जान परे लाईसेन्स भएकैलाई जान भनेको छु । फेरी त्यस्तो गरेको भए म सचेत गराउँछु । अब त्यो रोकिन्छ’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित