लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पश्चिमाञ्चल यातायात व्यवसायीद्वारा २२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि समितिले रुपन्देही, पाल्पा, कपिलबस्तु लगायतका सामुदायिक विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरेको हो ।

समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाट, कोषाध्यक्ष लालबहादुर श्रेष्ठ र पूर्व अध्यक्ष गणेश पन्थले आफूले पाउने पारिश्रमिकलाई सामाजिक काममा लगाउने गरी कल्याणकारी कोष रुथापना गरेका छन् । सोही कोषबाट समितिले हरेक वर्ष सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाकी प्रमुख सचेतक जमुना ढकालले शिक्षा र स्वास्थ्य राज्यले निःशुल्क गराउनु पर्ने बताइन् । ‘शिक्षा र स्वास्थ्य राज्यले निःशुल्क गराउनु पर्छ । यसका लागि मैले गर्नु पर्ने पहल तथा काम गरिनै रहेकी छु, यसमा म निरन्तर रुपमा लाग्छु,’ उनले भनिन् । साथै प्रमुख सचेतक ढकालले देशलाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताउँदै शैक्षिक क्षेत्रमा टेवा पुर्‍याउने गरी अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई हौसला प्रदान गरेकोमा सराहना व्यक्त गरिन् ।

पूर्व अध्यक्ष अर्जुन रानाभाटले सानो सहयोगले पनि विद्यार्थीलाई पढ्नका लागि हौसला बढ्ने हुँदा आफूले पाउने पारिश्रमिकलाई अक्षयकोष बनाईदिएको र यसलाई बढाउँदै निरन्तरता दिनुपर्ने बताए । यस्तै समितिका अध्यक्ष टिकाराम गौतमले पश्चिमाञ्चल यातायात व्यवसायी स्थापनाकालदेखि नै सामाजिक कार्यक्रममा पनि सक्रिय रहँदै आएको बताए । साथै यातायात व्यवसायीले राज्यलाई ठूलो सहयोग गर्दै आएको बताउंदै राज्यले यातायात व्यवसायीका समस्यामा गम्भीर हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, पूर्व अध्यक्ष तथा कोष संरक्षक अर्जुन राना भाट, वरिष्ठ सल्लाहाकार रामेश्वरप्रसाद श्रेष्ठ, कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जुद्दबहादुर केसी लगायतले समितिले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुराउने गरि अक्षयकोष स्थापना गरी विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित