लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भैरहवामा पुन: उडानको लागि थाइ एयर एशियाको टिकट बुकिङ खुल्ला

थाई एयर एशियाले भैरहवामा पुन: उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। कात्तिक ९ गतेबाट उडान सुरु गर्ने गरि उसले नागरिक उड्यन प्राधिकरणसँग अनुमती लिएको छ।

आइतबार र बुधबार सातामा दुई पटक बैंकक-भैरहवा-बैंकक उडान गर्ने गरि थाइ एयर एशियालाई अनुमती प्रदान गरिएको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ।

भैरहवाबाट उडान सुरु गर्न टिकट बुकिङ खुल्ला गरेको थाइ एयर एशियाका सेल्स मेनेजर सागर चित्रकारले बताए। गत वर्ष विन्टर सेड्युलमा थाइ एयर एशियाले भैरहवामा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी उडान सुरु गर्न लागेको हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित