भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सुनचाँदी व्यवसायहरु पसल बन्द गरि आन्दोलनमा

सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचादी व्यवसायीहरुले शुक्रवार बुटवलमा वृह्त मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् ।

बुटवल सुनचादी व्यवसायी संघ, बुटवलको आवहानमा विपीचोकबाट सुरु भएको मोटरसाइकल ¥याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, वेलवास हुदै ट्राफिकचोकमा आएर समापन भएको थियो ।

विरोधसभामा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दिपक कुमार विक र चेतनारायण विक, सुनचादी कालिगड संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जित मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गकुल विश्वकर्मा, स्वागत उपाध्यक्ष कृष्ण सुनार तथा सञ्चालन चुरामणी विकले गरेका थिए ।
सरकारले आ.व. २०८२÷०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले सिधै उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै सुनचादी व्यवसायी चरणबद्ध आन्दोलनलाई उत्रेका छन् ।

चरणबद्ध आन्दोलनका क्रममा व्यवसायीहरुले पसल बन्द गरेका छन् ।

नेपाल सुनचादी व्यवसायी महासंघ तथा नेपाल सुनचादी रत्न तथा आभुषण महासंघको संयुक्त आवहानमा सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा विरुद्ध चरणबद्ध आन्दोलन गरिएको संघका अध्यक्ष गकुल विश्वकर्माले बताए ।

व्यवसायीहरुले सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाउदा त्यसले प्रत्यक्ष रुपमा उपभोक्ता मुल्य चर्को हुने बताएका छन् ।

त्यसबाट व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना हुने दावी गरेका छन् । त्यसैगरि छिमेकि भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दर तथा अन्य करमा एकरुपमा नहुदाँ मूल्यमा भिन्नता आउने र नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था सिर्जना हुने उनीहरुको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित