कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बुटवल-नारायणगढ सडक खण्डको विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा

बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासस्थित विनयी खोलामा बनेको पक्की पुल आजबाट सञ्चालनमा आउने भएको छ ।

इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले आजदेखि पुलबाट गाडी सञ्चालन गर्ने तयारी भइरहेको बताए । तर, कति बेलाबाट सञ्चालन गर्ने भन्ने निर्माण कम्पनीमा भर पर्ने उनको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा पुल भाचिँदा डाइभर्सन बनाएर गाडी सञ्चालन गरे पनि बाढीले बगाउँदै आएको थियो ।

यसअघि उक्त पुलमा अधिक भारको कारण क्षति भई सवारी आवागमन बन्द भएको थियो । खोलामा आएको बाढीले असार पहिलो साता ३८ यात्रुसहितको यात्रुबाहक बस बगाएको थियो ।

डाइभर्सन बगाउँदा पूर्वबाट पश्चिम जाने गाडी नारायणगढबाट पोखरा, स्याङजा भएर बुटवल आएर पश्चिम जाने गरिरहेका छन् । पश्चिमबाट पूर्व जाने गाडीहरू बुटवल पाल्पाबाट पोखरा र मुग्लिन हुँदै काठमाडौं गइरहेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित