कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

खेलकुद पत्रकार मञ्च रुपन्देहीमा अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीको बुधवार बुटवलमा सम्पन्न भेलाले मञ्चको नयाँ कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसका अवसरमा आयोजित पूर्वखेलाडी एवं प्रशिक्षक सम्मान तथा जिल्ला भेलाले हाम्रो खेलकुदका लुम्बिनी प्रदेश संयोजक सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक दिनेश पाण्डेले घोषणा गरे ।

समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवि राना, सहसचिवमा सञ्जु पौडेल रहेकी छन् । त्यसैगरी सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी चयन भएका छन् ।

सोही अवसरमा मञ्चले खेलकुद क्षेत्रमा योगदान दिएका नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन तथा महिला भलिबलका प्रशिक्षक अर्जुन घिमिरेलाई सम्मान गरेको थियो भने खेल पत्रकार मनोरञ्जन शर्मालाई २५ हजार नगद सहयोग प्रदान गरेको थियो ।

कार्यक्रमको नेपाली महिला राष्ट्रिय फुटबल टिमकी पहिलो गोल किपर मोतिकला गुरुङले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीर्घबहादुर केसी (कुमार)ले मोफसलको खेलकुद गतिविधिलाई खेल पत्रकारिताका माध्यमबाट अगाडि बढाउन आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित