जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

रेसुंगाको मेयर पन्थी सवार गाडीको ठक्करबाट घाईते युवालाई थप उपचार गर्न काठमाडौं लगियो

गत शुक्रबार दाङबाट बुटवल आउँदै गर्दा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट घाईते भएका युवालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ का रन्जित खत्री सवार मोटरसाइकल लाई नगरप्रमुख पन्थीको गाडीले ठक्कर दिदा दिएको थियो । मोटरसाईकललाई ठक्कर दिएपछि भाग्न थालेका नगरप्रमुख पन्थीलाई स्थानियले हपारेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई सुरुमा जीतगढिमा रहेको एडमण्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

दुर्घटनापछि मेयर पन्थी भाग्न आटेका थिए । स्थानियले उनी सहित अन्य कांग्रेस नेताहरुलाई हपारेपछि पछि मेयर पन्थी अस्पतालमा खत्रीलाई भेट्न पुगेका थिए ।

परिबारका अनुसार खत्रीलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा थप उपचारका लागि लगिएको हो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख पन्थीले दुर्घटनामा नैतिकता नदेखाएको भन्दै चौतर्फि आलोचना हुँदै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित