दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रेसुंगाको मेयर पन्थी सवार गाडीको ठक्करबाट घाईते युवालाई थप उपचार गर्न काठमाडौं लगियो

गत शुक्रबार दाङबाट बुटवल आउँदै गर्दा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी सवार गाडीको ठक्करबाट घाईते भएका युवालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

बुटवल तामनगरमा मुसिकोट नगरपालिका–१ का रन्जित खत्री सवार मोटरसाइकल लाई नगरप्रमुख पन्थीको गाडीले ठक्कर दिदा दिएको थियो । मोटरसाईकललाई ठक्कर दिएपछि भाग्न थालेका नगरप्रमुख पन्थीलाई स्थानियले हपारेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई सुरुमा जीतगढिमा रहेको एडमण्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।

दुर्घटनापछि मेयर पन्थी भाग्न आटेका थिए । स्थानियले उनी सहित अन्य कांग्रेस नेताहरुलाई हपारेपछि पछि मेयर पन्थी अस्पतालमा खत्रीलाई भेट्न पुगेका थिए ।

परिबारका अनुसार खत्रीलाई काठमाडौंस्थित टिचिङ अस्पतालमा थप उपचारका लागि लगिएको हो ।

रेसुङ्गा नगरपालिकाका प्रमुख पन्थीले दुर्घटनामा नैतिकता नदेखाएको भन्दै चौतर्फि आलोचना हुँदै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित